Ultimate magazine theme for WordPress.

पोखरा-काठमाडौंको बस भाडा अहिलेसम्मकै महँगो कती त जान्नुहोस

422

पोखरा ।

असार २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट समायोजन गरिएको नयाँ भाडा २० देखि २८ प्रतिशतसम्म बढाइएको विभागले जनाएको छ । यो भाडादर दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीमा मात्र लागू हुनेछ ।

सरकारले गत असार २७ गते बढाएको लामो दूरीको सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसहित विभिन्न १३ वटा सूचकका आधारमा बढाइएको भाडा यातायात व्यवस्था विभागले शुक्रबार साँझ सार्वजनिक गरेको हो ।

स्थानीय तहको भाडा समायोजनको अधिकार विभागसँग नरहेकाले बढेको भाडा अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक गाडीको हकमा मात्र लागू हुने विभागले स्पष्ट पारेको छ ।

विभागलेले सार्वजनिक गरेको सवारी भाडा सुची अनुसार पोखरा काठमाडौंको भाडा ५३७ पुगेको छ । यसअघि यही दूरीको भाडा ४२८ रुपैयाँ रहेको थियो ।

यसैगरी पोखरादेखि धनगढीसम्मको भाडा ११ सय ९९ रुपैयाँ रहेकोमा बढाएर १५ सय चार रुपैयाँ पुर्याइएको छ । पोखरादेखि गौरसम्म ६१४ बाट बढाएर ७७०, पोखरादेखि कृष्णनगरसम्म ५७१ बाट बढाएर ७१६, पोखरादेखि जनकपुरसम्मको भाडा ७०६ बाट बढाएर ८८६ पुर्याइएको विभागले उल्लेख गरेको छ ।

यता, पोखरा-कोठियाघाटको भाडा १०१८ बाट वृद्धि भएर १२ सय ७७ रुपैयाँ, पोखरा-विराटनगरको भाडा १०१९ रहेकोमा वृद्धि भएर १२ सय ७८ रुपैयाँ र पोखरादेखि लुम्विनीसम्मको भाडा ४९५ बाट वृद्धि भएर ६२१ रुपैयाँ पुयाइएको छ ।

यस्तै, पोखरा-नेपालगञ्जका लागि ८९८ रहेकोमा बढेर ११ सय २६ र पोखरा-नारायणगढ हुँदै नेपालगञ्जका लागि ९८९ बाट बढेर ११ सय ४१ रुपैयाँ पुगेको छ । यस्तै, काठमाडौं-बागलुङको नयाँ भाडा ७६४, काठमाडौं-स्याङ्जा ६४०, काठमाडौं-वालिङको नयाँ भाडा ७३४ रुपैयाँ कायम गरिएको छ ।

विभागले लामा दूरीका सवारी भाडा वृद्धि गरे पनि छोटा दूरी अर्थात प्रदेश भित्र सञ्चालन हुने सवारी भाडा वृद्धि गरेको छैन । यसको जिम्मेवारी प्रदेश सरकारलाई नै दिएको छ ।

यस्तै, पोखरा-धरान एक हजार ४ बाट बढाएर १२ सय ६०, पोखरा-नारायणगढ २६७ बाट बढाएर ३३५, पोखरा-भैरहवा ५३० बाट बढाएर ६६५, पोखरा-महेन्द्रनगर १३ सय ८६ बाट बढाएर १७ सय ३९ पुर्याइएको छ ।

यसैगरी पोखरा-सुर्खेत ११ सय ४५ रुपैयाँबाट बढाएर १४ सय ३७, पोखरा-सुनौली ४४१ बाट बढाएर ५६६, पोखरा-मलंगवा ६२५ रहेकोमा वृद्धि भएर ७८४, पोखरा-तुलसीपुरको भाडा ७२२ बाट बढेर ९०५, पोखरा-बुटवलको भाडा ४०० बाट बढेर ५०२ रुपैयाँ पुगेको छ ।