Ultimate magazine theme for WordPress.

माधव नेपाल र प्रचण्डबीच भेटवार्ता, गठबन्धनमा सहमति

178

काठमाडौं ।

शनिबार दिउँसो साढे १ बजे प्रचण्ड नेता नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर पुग्नु भएको हो ।

एमाले वरिष्ठ नेता माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहको बताइएको छ । सत्तारुढ गठबन्धनका आगामी चुनौतीलगायतका विषयमा छलफल भइरहेको जानकारी दिइएको छ ।

जानकारी अनुसार भोलि प्रतिनिधिसभा बैठक बस्ने लागेकाले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारबारे पनि छलफल भइरहेको छ ।

शनिबार बिहान सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदल जुटाएको १० बूँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय गरिएको एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले जानकारी दिनुभयो ।

पार्टीलाई एकतावद्ध बनाउने आम पार्टी पंक्तिको चिन्ता र सरोकारलाई सम्बोधन गर्न स्थायी समितिका नेताहरूबीच अनौपचारिक छलफललाई अघि बढाइएको हो ।

नेपालसँग केही दिनअघि प्रधानमन्त्री देउवाले पनि उहाँको निवासमा गएर छलफल गर्नुभएको थियो ।

छलफलमा नेपालले संसद बचाउन भएपनि सरकारलाई विश्वासको मत दिने उल्लेख गर्नुभएको थियो ।

अर्कोतिर नेकपा एमालेका नेताहरूले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेताहरुले विघटित पार्टी एकता कार्य दलका सदस्यहरूले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालिएको प्रतिक्रिया दिएका हुन् ।