पोखरा ।
सूचना अनुसार बेगनास पोखरा यातायात प्रालि मातहतका यातायात व्यवसायी र मजदूरले मोहरियास्थित संक्रामक तथा सरुवा रोग अस्पतालबाट आइतबार बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म खोप लगाउन पाउनेछन् ।
पोखरामा अबको तीन दिन लगातार खोप दिइने भएको छ । खोप साउन ३, ४ र ५ गते दिइने भएको छ ।
खोप यातायात व्यवसायी, यातायात मजदूर र वैदेशिक रोजगारीमा जानेका लागि मात्रै लगाइने छ । खोप दिनका लागि पोखरामा चार स्थानमा खोप केन्द्र निर्धारण गरिएको छ ।
यस्तै, पोखरा बस व्यवसायी समितिका व्यवसायी, मजदूरले पोखराको अमरसिंह उच्च माविबाट आइतबार र सोमबार बिहान ११ः३० बजेदेखि दिउसो ४ बजेसम्म खोप पाउने भएका छन् ।
यसैगरी ट्याक्सी व्यवसायी समिति मातहतका व्यवसायी र मजदूरले अमरसिंह उच्च माविबाट सोमबार र मंगलबार बिहान १०ः३० बजेदेखि दिउसो ४ बजेसम्म खोप दिइने सूचनामा उल्लेख छ ।
यता, बैदेशिक जाने व्यक्तिहरुका साउन ५ गते मंगलबार बिहान १०ः३० बजेदेखि ४ बजेसम्म खोप दिइने भएको छ ।
खोप लिने व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट प्रमाणित गरिएको सूची र परिचय खुल्ने कगजात लिएर आउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्राल, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय कास्कीले एक सूचना प्रकाशित गरि खोप केन्द्र र यातायात व्यवसायी, मजदूर र वैदेशिक रोजगारमा जान लागेकाहरुका लागि खोप दिइने जनाएको छ ।