पोखरा ।
नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
आज डलरको भाउ शनिबारकै झैँ स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ६० पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ६६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३७ पैसा, बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा रहेको छ ।
यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा रहेको राष्ट्रबैंकले जनाएको छ ।
यसैगरी जापानिज यान एकको खरिददर १० रुपैयाँ ८१ पैसा र विक्रीदर १० रुपैयाँ ८७ पैसा र
चाइनिज युयानको एकको खरिददर १८ रुपैयाँ ४० पैसा र
विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको राष्ट्रबैंकले जनाएको छ ।