Ultimate magazine theme for WordPress.

माधवकुमार नेपाल समूहले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने यस्तो छ कारण

292

काठमाडौं ।

नेकपा एमालेको माधवकुमार नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको छ ।

आइतबार साँझ बसेको सो समूहको बैठकले प्रधानमन्त्री देउवाले राखेको आफूलाई विश्वासको मत दिइयोस् भनेर राखेको प्रस्तावको पक्षमा मतदान नगर्ने निर्णय गरेको हो ।

पार्टी एकता रक्षाका लागि प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने नेपाल समूहले निर्णय गरेको हो । विश्वासको मत नदिने नेपाल समूहका नेताहरु तटस्थ बस्ने भएका छन् ।

नेपाल समूहको अधिकांश सांसदहरुले देउवालाई विश्वासको मत नदिई तटस्थ बस्न लागेका हुन् र उनीहरु संसद भवनबाट बाहिरिसकेका छन् ।

नेपाल समूहका २३ मध्ये १५ जना सांसदहरु तटस्थ बस्न लागेका हुन् भने बाँकी माधव नेपालसहितका सांसदले मत दिने भएका छन् ।

तर, मतदान गर्ने बेलासम्म माधव नेपालले पनि निर्णयमा पुनर्विचार गर्न सक्ने नेताहरुले जानकारी दिएका छन् ।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर बुझाएर भूमिका खेलेका नेपाल समूहका सांसदहरुले विश्वासको मत नदिने निचोडमा पुगेको हो । उनीहरुले आफ्नो पार्टी एकताका लागि विश्वासको मत नदिने निर्णयमा पुगेको बताएका छन् ।

यज्ञराज सुनुवार, झपट रावल, राजबहादुर बुढा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, योगेश भट्टराई, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, दीपक प्रकाश भट्ट लगायतका सांसद तटस्थ बस्न लागेका हुन् भने माधवकुमार नेपालसहित केही सांसदले भने विश्वासको मत दिने छन् ।