Ultimate magazine theme for WordPress.

कास्कीमा सक्रिय संक्रमित हजार नाघे

580

पोखरा ।

कास्कीमा सक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ । आज कास्कीमा ४३ जना थपिएसंगै सक्रिय संक्रमितको संख्या एक हजार नाघेको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा सक्रिय संक्रमितको संख्या एक हजार १६ पुगेको छ । कास्की कोरोना संक्रमणको रेड जोनमा छ ।

यसैबीच गण्डकीमा आज ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्की, स्याङ्जा, बागलुङ र मनाङमा एक एक जना र नवलपरासी पूर्वमा दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

उनका अनुसार गण्डकीमा आज ४१७ जना संक्रमित थपिएका छन् भने २८४ जना निको भएका छन् ।

आज भेटिएका संक्रमितमध्ये सबैभन्दा धेरै कास्कीका १९७ जना छन् । योसंगै गण्डकीमा संक्रमितको संख्या ६२ हजार नजिक पुगेको छ ।