Ultimate magazine theme for WordPress.

यस्तो छ कमाई ६० करोडको आइपीओ ल्याउन लागेको सानिमा लाइफको

249

सानिमा लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ८ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो वर्षको भन्दा ४.१७% ले थोरै हो । अघिल्लो वर्ष यसले ८ करोड ९१ लख रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, यो त्रैमाससम्ममा सानिमाले ८२ करोड ९३ रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष ४१ करोड ७९ लाख रुपैयाँ मात्र खुद बिमा शुल्क आर्जन गरेको थियो ।
चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको सानिमा लाइफको रिजर्भ कोषमा १२ करोड २० लाख रुपैयाँ छ । रिजर्भ कोषलाई सुधार गर्दै अघि बढाउनुपर्ने देखिन्छ । कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । आइपीओ जारीपछि भने पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । यसले जीवन बिमा कोषको आकार पनि २२ करोड २८ लाख रुपैयाँबाट बढाएर ९५ करोड रुपैयाँ पुर्याएको छ ।