Ultimate magazine theme for WordPress.

आँखै अगाडि छोरीलाई ब’ला’त्का’र गर्न खोजेपछि ह’त्या गरेँ “कल्पनाको बयान “

494

२५ साउनमा बोहोराको टोखानगरपालिका- १०, गोंगबु नवज्योतिमार्गका किरण बस्नेतको घरमा हत्या भएको थियो ।कृष्णबहादुर बोहोराको वीभत्स हत्याकाण्डको भित्री पाटो विस्तारै खुल्दै गएको छ

उनको शव २६ साउनकाे बिहान शरीर, टाउको र खुट्टा छुट्टाछुट्टै स्थानमा प्रहरीले फेला पारेको थियो । उनको हत्या अभियोगमा प्रहरीले सोमबार राती चितवनकाे कालिका नगरपालिका- ७ की कल्पना मुडभरी पौडेललाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।

कल्पनाले हत्या आफैँले गरेको साबिती बयान प्रहरीलाई दिइसकेकी छन् । बोहोराले खाँदै गरेको रक्सी र दहीमा निद्रा लाग्ने औषधि खुवाएर निदाएपछि अण्डकोषमा मार्ताेलले हानेर हत्या गरेकी थिइन् ।

हत्यापछि कल्पनाले बोहोराको शवलाई बाथरुममा लगेर खुट्टा, टाउको र शरीर काटेर सुटकेस र जेब्रा झोलामा हालेर फालेकी हुन् ।

छोरीलाई बलात्कार प्रयास गर्न खोजेपछि हत्या

मङ्गलबार प्रहरीले मृतक बोहोराले नक्कली फेसबुक आईडी खोलेर कल्पनाको नग्न तस्वीर पोस्ट गरेको र त्यही रिसमा उनको हत्या गरेको बताएको थियो ।

तर, हत्याको पछाडि अर्को पनि कारण रहेको खुलेको छ । मृतक बोहोराले २५ साउनमा कल्पनासँगै बसेर रक्सी खाँदै गर्दा उनकी १५ वर्षीया छोरीलाई समेत कल्पनाकै अगाडि बलात्कार प्रयास गरेको खुलेको हो ।त्यही आवेगमा आएर कल्पनाले निद्रा लाग्ने औषधि दहीमा मिसाएर बोहोरालाई खुवाएर निदाउन लागेपछि छोरीकै अगाडि अण्डकोषमा मार्ताेलले हानेर हत्या गरेको बयान प्रहरीलाई दिएकी छन् ।

कल्पनाले प्रहरीलाई भनेकी छन्, ‘मृतक बोहोरा र मेरो लामो समयदेखिको सम्बन्ध हो । ऊ सधैँ मेरो कोठामा आइराहन्थ्यो । हामीबीच सबै सम्बन्ध भएका छन् । तर, उसले छोरीमाथि पनि कुदृष्टि लगाउन थालेको थियो । घटना भएको दिन मेरै अगाडि छोरीलाई बलात्कार गर्न समात्योे । मैले छोरीकै अगाडि अण्डकोषमा मार्ताेलले हानेर हत्या गरेकी हुँँ ।’अण्डकोषमा हानेर सलले घाँटी बेरेर हत्या गर्दा छोरी पनि सँगै रहेको र बोहोराको शव काट्दा मात्र छोरीलाई टीभी रूममा पठाएको प्रहरीलाई बताएकी छन् ।

कल्पना र बोहोराबीच सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएर लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।कल्पनाकी १५ वर्षीया छोरी सरकारी स्कुलमा पढ्दै आएकी थिइन् । उनी कक्षा ९ बाट भर्खर १० कक्षामा पुगेकी हुन् । कल्पनाका श्रीमान्‌ले उनलाई २ वर्षअघि नै छाडिसकेका छन् ।

त्यस्तै, मृतक कृष्णबहादुर बोहोराले पनि बहुविवाह (२ विवाह) गरिसकेका छन् । दुवै श्रीमती उनको सम्पर्कमा छैनन् ।जेठी श्रीमती दाङ र कान्छी श्रीमती छोराछोरीसहित भारतमा बस्दै गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

एम्बुलेन्स प्रयोग गरेर फरार

कृष्णको हत्या गरेर टाउको र शरीर छुट्टाछुट्टै बनाएर सडकमा फाली फरार भएकी कल्पनालाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो । शनिबार हत्या गरी आइतबार दिनभर कोठा सरसफाइ गरेर बेलुका मात्र कल्पना चितवनतिर भागेकी थिइन् ।

चितवनबाट बिरामीलाई लिएर काठमाडौं आएको एम्बुलेन्समा उनी चितवन पुगेकी हुन् ।चितवनमा हुँदै चिनजान भएका ती एम्बुलेन्स चालकले ६ हजार रुपैयाँ लिएर कल्पना, उनकी १५ वर्षीया छोरी र १३ वर्षका छोरालाई चितवन पुर्‍याएका हुन् ।

कल्पनालाई पक्राउ गरेर मङ्गलबार सार्वजनिक गरे पनि १५ वर्षीया उनकी छोरी नाबालिका भएका कारण प्रहरीले सार्वजनिक गरेको छैन ।