Ultimate magazine theme for WordPress.

सस्ताे ब्याजदरमा ऋण दिने घरजग्गा किन्न ‘नबिल बैंकले’

210

नबिल बैंकले जग्गा किन्न, घर किन्न अथवा भएको जग्गामा घर बनाउन, घर मर्मत र सम्भार गर्न, बसोबासका लागि फ्ल्याट किन्न ऋण दिने भएको छ

। बैंककी रिटेल लेन्डिङ प्रमुख चाँदनी श्रेष्ठका अनुसार बैंकले आफ्नाे ३६औं वार्षिकोत्सवका अवसर पारेर त्यस्ता ऋण दिन लागेकाे हाे ।

बैंकका अनुसार उक्त ऋण वार्षिक ७.९९ प्रतिशत ब्याजदरमै  ऋण उपलब्ध हुनेछ ।

के छन् ऋणका विशेषता ? 

  • यो ऋण लिँदा तोकिएको ब्याजदर १ वर्षसम्म नबढ्ने, साथै केही महिनापछि अहिले ग्राहकले लिएको ७.९९ प्रतिशत ब्याजदर थप घट्न सक्ने ।
  • यस्तो ऋण लिइसकेपछि ३५ वर्षसम्म किस्ता तिर्दै घटाउन सकिने ।
  • न्यूनतम ७ लाखदेखि ५ करोड रुपैयाँसम्मकाे कर्जा पाइने ।
  • प्रशासनिक खर्चबापत नेपाल राष्ट्र बैंकले ताेकेकाे ०.७५ प्रतिशत मात्रै शुल्क लाग्ने । योबाहेक अन्य शुल्क नलाग्ने ।
  • मालपोत तथा कागजातका लागि र भ्यालुएटरका लागि खर्च लाग्न सक्ने । बैंकका सबै शाखाबाट  ऋण लिन सकिने ।
  • बैंकबाट घर, जग्गाको ऋण लिनेले सोको कागजपत्र धितो राख्ने वा जग्गा भए जग्गाको लालपुर्जा र चार किल्ला प्रमाणित कागजपत्र धितो राख्नुपर्नेछ । यस्तै, जग्गाको नक्सा प्रिन्ट भने बैंकले नै निकालिदिने ।
  • बनेको घर किन्नका लागि जग्गाको लालपुर्जासहित घरको नक्सापास, इजाजतपत्र, निर्माण सम्पन्नको कागजात, ऋणीले आफ्नो आम्दानीको स्रोत खुल्ने प्रमाणित कागज पनि बैंकमा बुझाउनुपर्नेछ ।
  • प्रक्रिया अघि बढेको ३–४ दिनमै ऋण स्वीकृत हुने, नहुनेबारे निर्णय दिइने ।

भ्यालुएटरले तय गरेको मूल्यमा ६० प्रतिशतसम्म र पहिलो पटक घर वा जग्गा किन्नेलाई ७० प्रतिशतसम्म ऋण प्रदान हुने ।

 

अब एसएमई लोन पनि ७.९९ प्रतिशतमै पाइन्छ 

विभिन्न पसल, साना तथा मझौला उद्योग, कृषि उत्पादनसम्वन्धी उद्योग तथा व्यवसाय, स्वदेशी हस्तकला तथा गार्मेन्टलगायत सबैजसो उद्योग व्यवसाय गर्नेले यस्तो ऋण लिन पाउँछन् ।

साना तथा मझौला उद्योगका लागि आवश्यक उपकरण किन्न बैंकले दिने ऋणको चुक्ता अवधि ५ देखि ७ वर्षेसम्मको रहने उनले जानकारी दिए ।

त्यस्तै बैंकलाई चित्तबुझ्दो व्यवसाय भएमा सो नै धितोका रूपमा राखेर पनि ऋण दिन सकिनेछ ।

बैंकले ३६औं वार्षिकोत्सवकाे अवसर पारेर साना तथा मझौला व्यवसाय (एसएमई) ऋण पनि ७.९९ प्रतिशतमै १५ लाखदेखि १० करोड रुपैयाँसम्म उपलब्ध गराउने भएकाे छ । बैंकका अनुसार यो ब्याजदर पनि १ वर्षसम्म बढ्दैन

याे ऋण लिनका लागि केके काजपत्र चाहिन्छ ?

१. धितोका रूपमा कम्पनी वा शेयरधनीको घर, जग्गा वा कुनै सम्पत्तिको प्रमाणित कागजपत्र वा व्यवसायबाट हुने आम्दानीको स्रोत खुल्ने कागजात

२. कम्पनी दर्ताको प्रमाणपत्र, प्यान, प्रबन्धपत्र तथा नियमावली, प्रमुख शेयरधनीको नागरिकता प्रतिलिपि तथा ३ पुस्ते विवरण, बिजनेस प्लान, व्यjसायको उत्पादन तथा आम्दानीको विवरण खुल्ने कागजातपत्र बुझाउनुपर्दछ ।।