Ultimate magazine theme for WordPress.

सिन्धुपाल्चोक पहिरो 21 जना पुरिए,5 घाइते

244

काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २ मा लिदीको पहिरोमा पुरिएर २१ जना हराइरहेका छन्।

 

आज बिहान साढे ६ बजेतिर बस्तीमाथि खसेको पहिरोले ३ घरका २१ जना पुरिएको, पाँचजना घाइते भएका सिन्धुपाल्चोक घर भएका सभामुख अग्‍निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।

 

अहिले सुरक्षाकर्मीसहितको टोली घटनास्थलमा उद्धारको लागि खटिरहेको वडाध्यक्ष  प्रताप लामाले जानकारी दिएका छन्।

 

बस्तीमाथिको जमिन चिरा परेपछि लिदीका १७२ घर यसअघिबाटै जोखिममा रहेको लामाले बताएका छन्।

 

उनका अनुसार त्यहाँ आज बिहानको पहिरोले २१ घर पुरिएको छ।

सारांशमा :

आज बिहान बस्तीमाथिबाट पहिरो खस्दा लिदीका २१ घर पुरिएका छन्

३ घरका २१ जनालाई पहिरोले पुर्‍यो, घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर

घटनास्थलमा उद्धारको लागि सुरक्षाकर्मीसहितको टोली परिचालन