काठमाडौं। केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको संक्रमणबाट बच्न बेसार उपयोगी हुने सुझाव दिए । यो विषयले निकै चर्चा पायो । वैज्ञानिक पुष्टिबिना प्रधानमन्त्रीले हचुवाको भरमा यस्तो अभिव्यक्ति दिएको भन्दै आलोचना पनि भयो ।सामाजिक संजालमा यस विषयमा ट्रोल पनि बनाइए । आलोचना भएपछि प्रधानमन्त्रीले आफूले रोग प्रतिरोधी क्षमता बढाउने सन्दर्भमा बेसार प्रयोग गर्न सुझाव दिएको सफाइ दिए ।
अहिले भने प्रधानमन्त्रीको यो दावी वैज्ञानिक रुपमा पुष्टि भएको छ । चीनका वैज्ञानिकले बेसार कैयौं किसिमका भाइरस नियन्त्रण गर्न प्रभावकारी हुने एक अनुसन्धानपछि पुष्टि गरेका छन् ।´चीनको वुहान वुहान युनिभर्सिटी अफ इन्जिनियरिङले प्रकाशित गरेको एक शोधपत्रमा बेसार कैयौं किसिमका भाइरस रोक्न सक्षम भएको उल्लेख छ ।
यो शोधपत्र जर्नल अफ जनरल भाइरोलोजीमा प्रकाशित गरिएको छ ´।अनुसन्धानमा बेसारमा पाइने प्राकृतिक यौगिक कक्र्युमिन भाइरस नियन्त्रणमा सक्षम भएको देखिएको हो । वैज्ञानिकहरुले एक प्रकारको अल्फा कोरोनाभाइरस ट्रान्समिसिबल ग्यास्ट्रोएन्टेराइटिस भाइरस (टीजीइभी)मा यसको परीक्षण गरेका थिए´ ।
टीजीइभी अन्त्यन्तै छिटो प्रसार हुने क्षमता भएको वर्गमा पर्ने भाइरस हो ।उदाउँदो कोरोनाभाइरसले विश्वव्यापी रुपमा मानव र पशु स्वास्थ्यमा देखिएको गम्भीर खतरालाई प्रतिनिधित्व गर्छ र अहिलेसम्म कुनै आधिकारिक उपचार उपलब्ध छैन´ ।
हाम्रो परीक्षणले देखायो कि निश्चित डोजमा आधारित रहेर कक्र्युमिनले टीजीइभीको प्रसार र भाइरल गतिविधिहरुलाई बलियोसँग रोक्यो ।हामीले यो पनि अवलोकन गर्यौं कि कक्र्युमिनले डोज, तापक्रम, र समयमा आधारित रहेर प्रत्यक्ष भाइरसविरोधी क्षमता पनि देखायो’ अनुसन्धानकर्ताले शोधपत्रमा लेखेका छन् ´।