सत्तारूढ नेकपाकाे झण्डामा राताे रङ्गको पृष्ठभूमिमा हँसिया र हथौड़ा राखिएको छ याे कम्युनिस्टको अन्तर्राष्ट्रिय झण्डा पनि हाे । राताे रङ्ग अर्थात रगतकाे प्रतिबिम्ब हाे भने किसानको प्रतिनिधित्व हँसिया र मजदुरको प्रतिनिधित्व हथौड़ा हाे तर नेपालमा भने त्यसलाई किसान र मजदुरको शाेषणकाे प्रतिककाे रूपमा स्थापित गर्न खाेजिँदै छ ।
समाजवादकाे नाममा त्यहि हँसियाले प्रत्येक दिन किसानकाे हातखुट्टा ताछ्ने र हथौड़ाकाे नाममा मजदुरको टाउकाेमा प्रहार गर्ने क्रम निरन्तर चलिरहकाे छ । राेपाइँकाे बेला किसान मल नपाएर भाैतारीरहका छन् भने काेराेना महामारीको कारण बिदेशमा अलपत्र परेका मजदुर नेकपाकाे झण्डा मा पाेतिएकाे जस्तै रगतका अाँशु बगाउँदै तड्पिन बाध्य छन् ।
बिदेशमा रहेका नेपाली कामदारलाइ अापत पर्दा स्वदेश ल्याउनु राज्यको दायित्व हाे सरकार अाफ्नाे दायित्व बाट पछि हट्दै अझ त्यसका लागि श्रमिकहरू बाटै रकम उठाएर नेपाल ल्याउने तयारी गरिरहेकाे छ अब प्रश्न उठ्छ के याे सरकार श्रमजीवीकाे हाे ?
सर्बोच्च अदालतले बैदेशिक राेजगार कल्याणकारी काेष बाट श्रमिकको उद्दार गर्न अादेश पनि दियाे अाजसम्म हाल उक्त काेषमा ६ अर्ब भन्दा बढी रकम जम्मा भएको छ तर याे सरकार अदालतको अादेशलाइ लत्याउँदै उद्दारकाे नाम दिएर सुरू गरेकाे चार्टर्ड फ्लाइट श्रमिकको शाेषण गर्ने हतियार बनाइरहेकाे छ ।
जसमा नेपाल अाउने प्रत्येक श्रमिकले महङ्गो मा हवाई टिकट काट्नुपर्छ , घर फर्कने श्रमिकले अाफ्नै पैसामा PCR टेस्ट समेत गर्नुपर्नेछ त्यतिमात्र हैन काठमाडौं अाेर्लेपछि पनि श्रमिकले सरकारले ताेककाे महङ्गो हाेटलमा अाफ्नै खर्चमा १ हप्ता क्वारेन्टाइनमा बस्नुपर्छ जसमा प्रतिदिन प्रतिब्यक्ति १८०० देखि ९००० सम्म तिर्नुपर्नेछ भनेर सरकारले नै निर्देशन जारी समेत गरेकाे छ ।
अाखिर याे सरकार श्रमजीवीकाे कि माफियाको ? रेमिटेन्समा रमाइरहेकाे नेकपा सरकार बिदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई अप्ठ्यारो पर्दा समेत कानमा तेल हालेर मस्त निन्द्रामा सत्ताकाे लडाइँमा लठ्ठीरहेकाे छ । र अाँफुले पूरा गर्नुपर्ने दायित्वबाट भाग्न खाेज्दैछ । स्वदेशमा राेजगारी दिन नसकेर हरेक दिन हजारौं युवालाई बिदेश पठाएकाे सरकारले अाज तिनै श्रमिक नागरिक लाई अापत पर्दा कमाउने नीति लिएर बसेकाे छ जुन कम्युनिस्ट बृत्त भित्रकाे अपराध हाे ।
दिनानुदिन करोडौं देखि अर्बौंकाे भ्रष्टाचारकाे दलदलमा फसेको सरकार अाज श्रमिक प्रति गैरजिम्मेवार बनिरहकाे उदाहरण सरकारले चालेकाे कदम बाट नै प्रष्ट देख्न सकिन्छ दिनहुँ सत्ताकाे लडाइँ मा ब्यस्त रहकाे नेकपा सरकार श्रमिक र किसानकाे समस्यामा उदासीन छ श्रमिक र किसान प्रतिकाे रबैया हेर्दा याे सरकार श्रमजीवीकाे कि माफियाको भन्ने प्रश्न उठ्छ ? अाखिर याे सरकार कस्काे हाे ? लेखक समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय सदस्य हुन्