Ultimate magazine theme for WordPress.

के हाे समाजवाद ? समाजवादका अाधार अनि फाइदा /बेफाइदा के हुन् :विशाल तिमिल्सिना

539

नेपालकाे संविधान २०७२ काे भाग १काे धारा ४ मा नेपाल एक समाजवाद उन्मुख राज्य हाे भन्ने उल्लेख छ , तर संविधानले परिकल्पना गरेकाे समाजवाद काे ब्याख्यामा समानता छैन । राजनीतिक दल र नेता पिच्छेकै बुझाइ फरक छ ! संसारमा समाजवादकाे एउटै माेडेल नहुनुकाे कारणले पनि यस्तो भएको हुनसक्छ ।विश्वमा विशेषतः कम्युनिस्ट , प्रजातान्त्रिक र उदार समाजवाद बारे अनेकन बहस जारी रहँदा नेपलले संविधानमा स्विकारेकाे समाजवाद चाहिँ कुन हाे ? र यसले के दिन्छ भन्ने अाम नागरिककाे प्रश्न छ ।

तर उत्तर न सरकारले दिएकाे छ न त राजनीतिक बिश्लेषकहरू बाट नै चित्तबुझ्दो अाएकाे छ संविधानले परिकल्पना गरेको प्रस्तानबिन्दु , दलहरूले राजनीतिक लाभकाे लागि दिएकाे नारा र नागरिकले खाेजेकाे समाजवाद एउटै हाे कि फरक भन्ने छुट्टयाइएको छैन । यतिबेला नेपाली राजनीतिक बृत्तमा सबैभन्दा बढी बहस भएको बिषय हाे समाजवाद तर समाजवाद के हाे ? यसका बिशेषता के के हुन् ? समाजवाद काे फाइदा र बेफाइदा के के हुन् ? याे बिषयमा प्राय अाम नागरिक अनबिज्ञ छन्

जब संविधानमा नै मुलुक समाजवाद उन्मुख भनेर उल्लेख गरिएको छ भने यता सत्तारूढ नेकपाले पनि मुलुक समाजवादकाे दिशामा अघि बढिरहेको दावी समेत गरेकाे छ तर मुलुककाे ब्यबस्था र अार्थिक अबस्था हेर्दा मुलुककाे ब्यबस्था दलाल पुँजीवादी भएको प्रष्ट देखिन्छ ।

अाखिर के हाे त समाजवाद ?

समाजवाद भनेकाे एउटा यस्तो व्यवस्था हाे जहाँ देशको सम्पूर्ण स्वामित्व सरकारमा निहित हुन्छ र देशमा भएको सम्पूर्ण स्रोत साधनमा सबै नागरिककाे समान पहुँच हुन्छ र समाजवाद एउटा अादर्श , अार्थिक र राजनीतिक प्रणाली पनि हाे जहाँ सबै प्रकारका उत्पादनका साधन राज्य द्वारा नियन्त्रीत हुन्छन् र सबै नागरिकलाई न्यायपुर्ण ढंगले बितरण गरिन्छ ।

समाजवादी राज्य प्रणालीमा ब्यक्तिगत सम्पत्तिकाे कुनै महत्व हुँदैन तर सार्वजनिक सम्पत्तिकाे सुरक्षा , प्रवर्द्धन र बिकास गर्नु हरेक नागरिकको कर्तव्य हुन्छ । समाजवादी नितिमा ब्यक्तिगत सम्पत्तिकाे नियन्त्रण र बितरण सामाजिक नियन्त्रणको माध्यमबाट गरिन्छ अर्को अर्थमा समाजवाद भनेकाे राज्यका नागरिकका अाधारभुत अाबश्यकता जस्तै गाँस , बाँस , कपास ,शिक्षा, स्वास्थ्य , राेजगारी , सुरक्षा अादी समान ढंगले बितरण गरिने र प्रत्याभूत गराइने राजनीतिक तथा अार्थीक प्रणाली हाे ।

समाजवादका सकारात्मक पक्षहरू के के हुन् ? बुँदागत रूपमा

१:- भेदभाव रहित राजनीतिक तथा अार्थीक प्रणाली

२:- समानता र न्यायपुर्ण प्रणाली

३:- सहभागीतामुलक र सहकार्यकाे भावना

४:- गरिविकाे अन्त्य

५:- उत्पादनकाे साधनमा समान बितरण

६:- राष्ट्रिय पुँजीको बिकास

७:- राज्यबाट अाधारभुत कुराकाे सुनिश्चितता

८:- प्राकृतिक स्रोत र साधनको समुचित प्रयाेग

समाजवादका नकारात्मक पक्षहरू के के हुन् ?

१:- व्यक्तिगत सम्पत्तिकाे नियन्त्रण प्रणाली

२:- पुँजीको बिकास लाइ महत्त्व नदिनु

३:- निजी उद्योग र कम्पनी निर्माणमा राेक

४:- नाफालाइ महत्त्व नदिनु

५:- बजार नियन्त्रणमा राेक

६:- मानवअधिकार मा कटौती

समाजवाद स्थापनाकाे प्रक्रिया

पुँजीवादको उच्चतम प्रयाेगपछि समाजवाद अाउने एकखालेकाे तर्फ छ भन् त्यस्तै प्रक्रियामा नभइ क्रान्तिकाे माध्यमबाट जनसत्ता स्थापित गरेकाे अबस्था नै समाजवाद भएको तर्क गर्नेहरू छन् यसरी समाजवाद बारे व्यापक बहस भैरहेको छ ।

चिन , क्युवा , लाभाेस र भियतनाम मा समाजवादी निति लागू भएको भनिन्छ त्यस्तै कतिपयले उत्तर काेरीया लाई पनि समाजवाद तिर उठेकाे भन्ने गरेका छन् तर समाजवाद नै स्थापित भएको देश खाेज्न भने कठिन छ ।

समाजवादका तीन अाधार ! राजनीति :-

राजनीतिमा समाज हाबी भएको ब्यबस्था नै समाजवाद हाे ब्यक्ति , पार्टी , गुट र साशक हरू हाबी हुनु भनेकाे समाजवाद काे बिपरित अर्थ हाे ।

अर्थतन्त्र :-

र्थतन्त्रको क्षेत्रमा चाहिँ ब्यक्तिगत सम्पत्ति उन्मुलन हुँदै गएको समाज हुनुपर्ने , ब्यक्तिगत सम्पत्ति समाज माथि हाबी भएको हैन कि उन्मुलन हुँदै जाने र सामुहिक सम्पत्ति रूपान्तरित हुँदै जाने

संस्कृति :-

साँस्कृतिक क्षेत्रमा हरेक समुदाय , जात , धर्म र संस्कृति मा सबै नागरिकको भाइचारा सम्बन्ध , समता र समानताकाे स्थिति देखिन्छ ।

यी तीन वटा अाधार स्थापित भएको समाजलाई नै हामी समाजवाद भन्छाैँ र सारमा समाजवाद भनेकाे समता सहितकाे समानता भनेकाे नै समाजवाद हाे

 

“विशाल तिमिल्सिना”