Ultimate magazine theme for WordPress.

काठमाडौं का मेयर शाक्यलाई कोरोना संक्रमण

263

१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ ।

दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए ।

तर, उनकी पत्नीलाई भने  कोरोना संक्रमण देखिएन । मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन ।

उनी  होम आइसोलेसनमा बसेका छन्