Ultimate magazine theme for WordPress.

(फोटोफिचर) रातो मच्छिन्द्रनाथको क्षमापूजा

190

काठमाडौं, १९ भदौ । शुक्रबार रातो मच्छिन्द्रनाथको क्षमापूजा गरिएको छ ।

जात्रा व्यवस्थापन कार्यदल तथा ज्यापु समाजको बैठकले गरेको निर्णयानुसार नै आज क्षमापूजा गरिएको हो ।

हिजोको उक्त बैठकले सबै सरोकारवालाको सहमतिमा रातो मच्छिन्द्रनाथ जात्राका सबै विधि हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने निर्णय पनि गरेको थियो ।

रातो मच्छिन्द्रनाथको रथलाई स्थानीय युवा र केही गुठीयारहरूले बिहीबार निषेधाज्ञा तोडेर तान्ने प्रयास गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

 

क्षमापूजा सम्पन्न गरेपछि भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छ्वयलाबु विधि गरिनेछ । भदौ २२ गते भुज्या मनाइनेछ र साइत हेरिनेछ। सम्भवतस् भदौ २६ गतेको साइत जुर्न सक्ने कार्यदलको अनुमान छ। त्यही साइतमा रातो मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने निर्णय भएको छ ।