Ultimate magazine theme for WordPress.

२४ घण्टामा नेपाल मा थप १,३५९ जनामा कोरोनाभाइरस सङ्क्रमण थपिए

103

काठमाडौं । विगत २४ घण्टामा नेपालमा थप १,३५९ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको र १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४४,२३६ पुगेको छ।

अहिलेसम्म २५,५६१ सङ्क्रमित निको भइसकेका छन् भने २७१ जनाको मृत्यु भएको सरकारको तथ्याङ्कले देखाउँछ।

मृतकमध्ये एक चिनियाँ र एक भारतीय नागरिक पनि छिन्।

शुक्रवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १८,४०४ सक्रिय सङ्क्रमित भएको बताए।

तीमध्ये ७,४६२ जना घरमै र १०,९४२ जना संस्थागत आइसोलेशनमा छन्।

काठमाण्डू उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।

अहिले थपिएका सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन्। सङ्क्रमितमध्ये ४६४ जना महिला छन्।

शुक्रवार पुष्टि भएका सङ्क्रमितमध्ये काठमाण्डू उपत्यकाका ४५४ जना छन्।