१९ भदौ, काठमाडौं । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राईभेट लिमिटेड) ले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ल्याएको छ ।
यो योजनामा एसईईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै निःशुल्क माइफाइभ सेवा र बोनस डेटाको फाइदा लिन सक्छन् ।
यो योजना बिहीबार (भदौ १८) देखि लागु भएको छ ।
पहिलो सिमलिनका लागि विद्यार्थीको एसईई परीक्षा प्रवेश पत्र, नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि र एक प्रतिफोटो आवश्यक पर्दछ ।
यो सिम विद्यार्थीले आफुलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्छन् ।