Ultimate magazine theme for WordPress.

पोखरा मा २ नर्स सहित थप २० जनामा कोरोना पुष्टि,

13,326

 । पोखरामा एक अस्पतालका २ जना नर्ससहित थप २० जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार  बिहान कास्कीको पोखरा महानगरका २०जना सहित प्रदेशका गोरखा, बागलुङ, स्याङजा, लमजुङ, तनहुँ  र नवलपुर जिल्लामा गरी ६९ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

 

पोखरा महानगर भित्र संक्रमण पुष्टि हुनेमा पार्कल्याण्ड अस्पताल अमरसिंह चोकमा कार्यरत २० र २३ वर्षीया स्टाफ नर्स, महानगरका ३, ४, ७, ८, १० र २७  वडाका ६ महिला र १४ जना पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

 

त्यसैगरी आइतबार  बिहान नै बागलुङ काठेखोलाका २१ र २७ वर्षका २ पुरुष तथा ४६ वर्षीया महिला , स्याङजा पुतलीबजारका  २४ देखि ७६  वर्ष उमेर समुहका २१ पुरुष तथा ४५ वर्षीया एक महिला , लमजुङ बेसीसहरका २९ वर्षका पुरुष  तथा ३१ वर्षीया महिला, तनहुँका ४ पालिकाका   २४ देखि ७६  वर्ष उमेर समुहका ६ पुरुष तथा २३ वर्षीया एक महिला , गोरखा आरुघाट र पालुङटारका २८ र ३८ वर्षीय २ पुरुष तथा  नवलपुर मध्यबिन्दु नगरपालिकाका  १२ वर्षीय बालकदेखि ४४  वर्ष उमेर समुहका ११ पुरुष तथा ४५ र ५२  वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय १६ पुगेको छ ।