Ultimate magazine theme for WordPress.

लकडाउन तथा निषेधाज्ञा खोलेर जनजीवन सुचारु गरौँ – डा. रवीन्द्र पाण्डे

50,288

विगत ६ महिनादेखि हामीले कुनै न कुनै किसिमको लकडाउन भोगेका छौं । लकडाउन जहिले पनि २ देखि ३ हप्ता गर्दा पुग्थ्यो ।

त्यो समयमा रोग नियन्त्रण, राहत तथा आफ्नो पेशाबाट विस्थापित तथा बेरोजगारलाई पुनर्स्थापना गर्ने गृहकार्य हुनुपर्ने थियो ।

 

साथै लकडाउन वा निषेधाज्ञाको अबधिमा नागरिकलाई राहत दिने, हरेक टोल, बस्ती तथा गल्लीमा व्यापक अनुगमन, निगरानी र जनचेतनाका काम गर्नु पर्थ्यो । मुख्य सडक र ठूला बजारमा मात्र सरकारको उपस्थिति सिमित गर्दा संक्रमण घट्नुको साटो बढ्दै गयो ।

 

सरकारले गर्नुपर्ने काम –

अब सरकारले निषेधाज्ञा हटाएर धेरै भीडभाड हुने क्षेत्र ( स्कुल, कलेज, फ्लिम हल आदि ) बाहेक अन्य गतिबिधि सुचारु गर्ने ।

मास्क, साबुन तथा स्यानिटाइजरलाई हरेक स्वास्थ्य संस्था, क्लब, टोल आदिमा निशुल्क उपलब्ध गराउने ।

जनपरिचालन गरेर जनस्वास्थ्य चेतनाको अभियान संचालन गर्ने ।

स्थानीय निकायमार्फत मास परीक्षण, आइसोलेसन तथा राहतको काम गर्ने ।

सरकारी संयन्त्रले गल्ली, बस्ती, टोल, सडक, चोक, भीडभाड हुने कार्यालय आदिमा सघन अनुगमन, निगरानी तथा जनस्वास्थ्यका मापदण्ड ब्यबस्थापन गर्ने ।

 

सिमानाकालाई कडाइ गर्ने ।

संक्रमित क्षेत्रलाई मात्र शिल गर्ने ।

संक्रमण कम भएका जिल्लामा लामोदुरीका यातायात संचालन गर्ने ।

सहरमा बस्न गाह्रो भएका व्यक्तिहरुलाई आफ्नो घरमा गएर खेतीपाती गरेर खाने बाताबरण निर्माण गर्ने ।

ठूला बस मापदण्ड पुरा गरेर संचालन गर्ने । माइक्रोबसलाई एम्बुलेन्सको रुपमा र टेम्पुलाई सामान बोक्ने गरि सुचारु गर्ने ।

चाडपर्वको लागि भीडभाड नहुने वातावरण निर्माण गर्ने ।

अस्पतालका क्षमता बढाउने । जनताको पहुँच बढाउने ।

शुशासन, मितव्ययिता, जिम्मेवार र पारदर्शी किसिमले कार्य सम्पादन गर्ने ।

जनताको जीवन र जीविका बचाउने सरकारको दायित्व हो ।

जनताको मनोबल बढाउने, मनोपरामर्श सेवा प्रदान गर्ने तथा देशलाई नै उत्साहको मार्गमा अग्रसर गराउने ।

नागरिकले गर्नुपर्ने काम –

६५ बर्ष नाघेका, दीर्घरोगको औषधि सेवन गरिरहेका तथा बालबालिका घरमै बस्ने । सकभर घरभित्र पनि घुलमिल नभएर बस्ने ।

सक्रिय उमेरका व्यक्तिहरु काममा निस्किने । घरबाहिर जाँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने । सकेसम्म हरेक ठाउँमा २ मिटरको दुरी पालना गर्ने । साबुनपानीले हात धोइरहने । साबुनपानी नभए स्यानिटाइजरले हात सफा गर्ने । भीडभाड नगर्ने ।

 

घरमा आएपछि कपडा, मास्क, चस्मा, झोला, पंजा आदि घरबाहिर राखेर तथा नुहाएर मात्र परिवारमा घुलमिल हुने ।

आफू, आफ्नो परिवार र समाजलाई रोग लाग्न नदिन हरसम्भव प्रयत्न गर्ने ।

हल्ला, भ्रम तथा सनसनीपूर्ण कुराको विश्वास नगर्ने । आधिकारिक निकाय तथा स्वास्थ्यकर्मीको सल्लाह विश्वास गर्ने ।

पुरानो कामबाट बिस्थापित वा बेरोजगार भएमा कृषि, पशुपंक्षी पालन, गाउँको उत्पादन बजारमा ल्याएर बिक्रि गर्ने आदि नयाँ र कम जोखिमयुक्त काम अपनाउने ।

 

समाजमा एकले अर्कोलाई सहयोग गर्ने ।

जुन ठाउँमा आफुलाई सजिलो, सुरक्षित र रोजगारीको अवसर मिल्छ, त्यहि ठाउँमा बस्ने ।

धेरै डर नमान्ने, निरास नहुने । सबै सतर्क भयौं भने यो अवस्था नियन्त्रणमा आउँछ ।