Ultimate magazine theme for WordPress.

वामदेव गौतमका कारण कुलमान घिसिङको पुनर्नियुक्ति सम्भावना बलियो बन्दै

287

 

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको वातावरण तयार हुन थालेको नेताहरुले बताउन थालेका छन् ।

ऊर्जामन्त्री वर्षमान पुन र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुलमानको निरन्तरताको पक्षमा रहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीको बेवास्ताका कारण कुलमानको पुनर्नियुक्ति हुन नसकेको चर्चा छ ।

लोडसेडिङ अन्त्यदेखि प्राधिकरण फाइदामा गएको जस आफू एक्लैले लिएको, प्राधिकरणको पैसाले मिडिया हातमा लिएको, प्रचण्डलाई आर्थिक स्रोत जुटाएको भन्दै सरकारले उनको पुनर्नियुक्ति नगरेको राजनीतिक वृत्तमा कुरा चलेको छ ।

ऊर्जा मन्त्रालयले उनको पुनर्नियुक्तिका लागि मन्त्रिपरिषद् कार्यालयमा प्रस्ताव पठाए पनि कुलमानको कार्यकाल थपिएन । उनलाई प्राधिकरण प्रमुखमा नियुक्ति गर्ने भनिएको दिन सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने सिफारिस गर्ने निर्णय गरेको थियो ।

कुलमानको पुनर्नियुक्तिको निर्णयको प्रतिक्षामा बसेका आममानिसले गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय सुने । त्यसपछि काठमाडौं उपत्यकासहित मुलुक केही स्थानमा कुलमानको पुनर्नियुक्तिको माग राखेर प्रदर्शन भइरहेको छ ।

यी प्रदर्शनमा जनताले हराएका नेतालाई राष्ट्रिय सभा लैजान हुने जनताले रुचाएका कुलमानलाई पुनर्नियुक्ति दिन नहुने जस्ता प्रश्न उठाइएका छन् । यस्तै प्रश्न नेतृत्वमा नेकपाका नेताहरुले पनि गर्न थालेका छन् ।

गत प्रतिनिधि सभाको निर्वाचनमा बर्दिया १ बाट पराजित गौतमले राष्ट्रिय सभामा लैजाने निर्णयले कुलमानलाई पुनर्नियुक्ति दिनुपर्ने दवावमा प्रधानमन्त्री ओली पर्न थालेका छन् ।

घाटामा गइरहेको हेटौडा सिमेन्ट कारखाना प्रा. लि.का महाप्रबन्धक प्रेमशंकर सिंहलाई तीन तीन पटक जिम्मेवारी थप्ने सरकारले चार वर्षे कार्यकालमा १८ घण्टाको लोडसेडिङ हटाउँदै अर्बाैं घाटा व्यहोरिरहेको प्राधिकरणलाई ४ अर्ब ८७ करोड नाफामा लैजान सफल नेतृत्व कुलमानलाई किन पुनर्नियुक्ति दिन नमिल्ने प्रश्न जनमासबाट उठरहेको छ ।

नेकपाका नेताहरुले जनताको आवाजलाई इन्कार गर्न नहुने भन्दै कुलमानलाई पुनर्नियुक्ति गर्न प्रधानमन्त्री ओलीमाथि दवाव परिरहेको छ ।

जनताबाट पराजित भएका र विरोध भएका उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा सिफारिस गरेपछि प्रधानमन्त्री ओलीमाथि नेकपा भित्रकै (प्रचण्डनिकट तथा पूर्वमाओवादीका नेताहरु)नेताहरुले कुलमानलाई पुनः प्राधिकरण प्रमुख बनाउन दवाव दिइरहेका छन् ।यता सरकारले भन निमित्तकैभरमा दुई वर्ष प्राधिकरण चलाउने कि भन्ने सोचमा रहेको नेताहरुको भनाइ छ ।