Ultimate magazine theme for WordPress.

ट्रम्पले भनेः कोरोना आएर राम्रै भयो, घिन लाग्दा मान्छेसँग हात मिलाउनु परेन

140

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरणको संक्रमणका कारण घृणित मानिसहरुसँग हात मिलाउनुपर्ने समस्याबाट मुक्त भएको प्रतिक्रिया दिएका छन् । अमेरिकाका उपराष्ट्रपति माइक पेन्सकी सहयोगी ओलिभिया ट्रोएले पदबाट राजीनामा दिँदै ट्रम्पले भनेको उक्त कुरा एक बैठकमा बताएकी हुन् ।

राष्ट्रपति ट्रम्पले आफ्ना निकटवर्तीलाई नै संकेत गरेर उक्त कुरा भनेको ट्रोएले संकेत गरेकी छन् । ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि हात मिलाउनुपर्ने बाध्यता नरहेको बताएका हुन् ।

‘कोरोना भाइरस आएर पनि राम्रै भयो । म मान्छेसँग हात मिलाउने गर्दिन । मैले यी घिन लाग्दा मानिसहरूसँग हात मिलाउनु परेन’, उनले भने ।

त्यस्तै उनले ट्रम्पले धृणित भनेका व्यक्तिलाई आफूले नचिन्ने बताइन् ।

‘मलाई थाहा छैन उनी को हुन्, उनी मलाई चिन्दैनन्,’ राष्ट्रपति ट्रम्पले भनेको विषय उद्धृत गर्दै उनले भनिन्, ‘मैले भर्खर सुनेको थिएँ, म उनलाई चिन्दिन । मलाई उनी को हुन् भनेर थाहा छैन, मैले उनीसँग कहिल्यै भेट गरेको थिइनँ ।’