Ultimate magazine theme for WordPress.

सामाजिक सञ्जालबाट यसरी हुन्छ लाखौ ठ’गी, तपाइ पनि फस्नु’होला !

621

चितवन । सामाजिक सञ्जाल इमोमा चिठ्ठा परेको भनी ठगी गर्ने गिरोहलाई ईलाका प्र’हरी कार्यालय टाँणी चितवनले प’क्रा’उ गरेको छ ।

पक्राउ पर्नेहरुमा मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं ११ वस्ने वर्ष २७ का साहिल हुसेन अन्सारी र सोही ठाउँको वडानम्वर ९ वस्ने वर्ष २७ को कामेश्वर स्व’र्ण’कार रहेका छन् ।

 

प’क्रा’उ परेका व्यक्तिहरुले इमोमा रु. २५,००,०००।–९पच्चिस लाख० को चिठ्ठा परेको र रकम लिनका लागि राज्यलाई तिनुपर्ने कर रकम अग्रिम भुक्तान हुनुपर्ने भन्दै २ लाख ८० हजार ठगेको जिल्ला प्र’हरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

पटक पटक फोन गरी चिठ्ठा परेको विषयमा प्र’हरी तथा अन्य मानिसलाई जानकारी गराएमा चिठ्ठामा परेको रकम पठाउन नसक्ने भन्दै प्रलोभन र दवावमा पारी रकम ठगी गरेपछि चितवन कालिका न।पा। ०४ वस्ने वर्ष ४४ की महिलाले असोज ४ गते ईलाका प्र’हरी कार्यालय टाँडी, चितवनमा सुचना दिए पश्चात प्र’हरी नायव उपरीक्षक रविन कार्की समेतको टोलीले सुक्ष्म अनुसन्धान गरी ठगी गर्ने व्यक्तिहरुलाई प’क्रा’उ गरेको हो ।

 

असोज ७ गते प’क्रा’उ परेका उनीहरुवि’रु’द्ध चितवन जिल्ला अदालतवाट पहिलो पटक दिन ७ को म्यादथप र्भइ अनुसन्धान कार्य भईरहेको ईलाका प्र’ह’री रत्ननगर टाँडीका डिएसपी रविन कार्कीले बताउनुभयो ।

सामाजिक सञ्जालमा आउने भ्र’म’पूर्ण जालमा नपर्न र केहि सुचना भए प्र’ह’रीलाइ खबर गर्न डिएसपी कार्कीले आग्रह गर्नुभयो ।