Ultimate magazine theme for WordPress.

स्याङ्जामा फेरी पहिरो : थप तीन घर पु’रिए

213

स्याङ्जा, ९ असोज । बिहीबार एकै परिवारका ९ जनाको ज्या’न गएको स्याङ्जा वालिङ-१४ तमादीमा शुक्रबार पनि पहिरो जाँदा तीन घर पु’रिए’का छन् । अविरल वर्षाको कारण बिहिबार एकै घरका ९ जनाको ज्यान गएकै ठाउँमा पहिरो जाँदा शुक्रबार थप तीन घर पुरिएको हो ।

पुरि’एका घरका परिवारलाई सुरक्षित स्थानमा सारिएका कारण मानविय क्षति भने भएको छैन । उक्त ठाउँको स्थलगत अवलोकन गर्न वालिङ नगरपालिकाको प्रा’वि’धि’क र जन’प्रति’निधि’कोस’हितको टोली पहिरो’स्थल तर्फ गएको छ ।

गत मंगलबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा बिहीबार स्याङ्जामा दश जनाको मृ’त्यु भएको थियो । स्या’ङ्जाको वालिङ नगरपालिका वडा नम्बर-१४ तमादीमा एकै परिवारका ९ जना र कालीगण्डकी गाउँपालिकाको वडा’ नम्बर ४ को गौतमटोलमा एक जना गरी दश जनाको मृ’त्यु भएको हो ।

एकै परिवारका १० जनामध्ये उद्दार गरिएकी १७ वर्षीया मनिषा नेपालीको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको बताइएको छ ।