Ultimate magazine theme for WordPress.

सेयर बजार बाट कसरी हुने करोडपति ? सेयर बजार को बारे सम्पुर्ण जानकारी हेर्नुस्

447

सेयर बजार सम्बन्धी मेरा केही लेखहरु प्रकाशित भएपछि विभिन्न माध्यमबाट विभिन्न जिज्ञासाहरु प्राप्त भइरहेका छन् । ती जिज्ञासाहरुको क्रमश निदान गर्दै जाने प्रयत्न गर्नेछु । यो लेखमा प्रारम्भिक सार्वजनिक निष्काशन (IPO; Initial Public Offering) बारेमा प्राप्त जिज्ञासाहरुको सम्बोधन गर्ने प्रयास गरेको छु ।

सेयर भनेको के हो ?
सेयर भनेको स्वामित्व हो । कुनै पनि कम्पनीमा आफ्नो सेयर हुनु भनेको त्यो सेयर बराबरको त्यस कम्पनीको स्वामित्व आफुमा आउनु हो ।

सेयर बजार भनेको के हो ?
सेयरको कारोबार हुने ठाँउ नै सेयर बजार हो । जहाँ सेयरको स्वा’मित्व स्था’ना’न्तरण हुन्छ ।

आइपीओ (IPO) भनेको के हो ?
कम्पनीले पुँजी वृ’द्घी’ गर्नका लागि प्रथम पटक जारी गर्ने सेयरलाई प्राथमिक सेयर (IPO; Initial Public Offering) भनिन्छ । आइपीओ जारी गरेपछि उक्त सेयरको स्वामित्व कम्पनीबाट लगानीकर्तामा स्थाना’न्तरण हुन्छ ।

धितो’पत्र दर्ता तथा निष्का’शन नियमावली, २०७३ अनुसार संगठित संस्थाको जारी पुँजीको दश प्रतिशत भन्दा घटी र उनन्चास प्रतिशत भन्दा बढी नहुने गरी शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (इनिशियल पब्लिक अफरिङ) गर्नु पर्नेछ ।

आइपीओ (IPO)खरिद गर्न के के आवश्यक पर्छ ?
आइपीओ खरिद गर्नका लागि सर्वप्रथम बैंकमा बचत खाता आवश्यक पर्छ । बैंकमा बचत खाता छैन भने सेयर खरिद गर्न सकिदैन । त्यसैगरी आइपीओ खरिद गर्नका लागि आवश्यक अर्को कुरा भनेको डिम्याट (DEMAT) खाता । सेयर जम्मा हुने खातालाई डिम्याट खाता भनिन्छ । डिम्याट खाता बैंक तथा ब्रोकरकोमा गएर फर्म भरेर खोल्न सकिन्छ ।

अनलाइनबाट आइपीओ भर्न सकिन्छ ?
सकिन्छ । यसका लागि CASBA आवश्यक पर्छ । यो खातामा भएको रकम रोक्का गर्ने अनलाइन प्रणाली हो । आफ्नो बचत खाता भएको बैंकमा गएर CASBA को फारम भरेपछि CRN नम्बर पाइन्छ । त्यसैगरी अनलाइनबाट आइपीओ भर्नका लागि मेरो सेयरको सुबिधा लिएको हुनुपर्छ । डिम्याट खाता खोलिएको बैंक तथा ब्रोकरकोमा गएर मेरो सेयरको फारम भरेपछि केही दिनमा इमेलमा युजरनेम र पासवर्ड प्राप्त हुन्छ ।

meroshare.cdsc.com.np मा गएर प्राप्त युजरनेम र पासवर्ड प्रविष्ट गरेर यो सेवा सुचारु गर्न सकिन्छ । मेरो सेयरको सुविधा नलिएका लगानीकर्ताले भने सेयर भर्नका लागि आफ्नो बचत खाता भएको बैंकमै गएर फारम भर्नुपर्ने हुन्छ ।

सेयर खुलेको कुरा कहाँबाट थाहा पाउने ?
सेयर खुलेको सुचना पत्रपत्रिकामा प्रकाशित हुन्छ । मेरो सेयरको सुविधा लिने लगानीकर्ताले मेरो सेयर लगइन गरी MY ASBA मा गएर पनि सेयर खुलेको बारे थाहा पाउन सकिन्छ । धितोपत्र वोर्डको वेवसाइट www.sebon.gov.np को securites issues मा हेर्दा आइपीओका लागि पाइपलाइनमा भएका र धितोपत्र वोर्डबाट स्विकृती प्राप्त कम्पनीको बारेमा जानकारी लिन सकिन्छ । अर्थात् यसबाट अग्रिम जानकारी लिन सकिन्छ ।

आइपिओ किन्न कति पैसा चाहिन्छ ?
वर्तमान व्यवस्था अनुसार न्युनतम १० कित्ता आवेदन दिन पाइन्छ । प्रतिकित्ता रु. १०० का दरले १० कित्ताको रु. १००० पर्छ ।

आइपिओ भर्दा कति कित्ता भर्ने ?
सबैभन्दा पहिले कम्पनीले कति कित्ता सेयर जारी गरेको छ त्यो जानकारी लिने । त्यसपछि सम्भावित लगानीकर्ताको संख्या आँकलन गर्ने ।

प्रत्येक लगानीकर्तालाई १० कित्ता नै अपुग हुने स्थिति देखिएमा १० कित्ताको लागि मात्रै आवेदन दिँदा हुन्छ । अर्थात् कति मात्रामा सेयर निष्कासन भएको हो सोही अनुसार कति कित्ता भर्ने भन्ने निर्णय गर्नुपर्छ । सेयर भर्दा १० को गुणाङ्कमा भनुपर्छ । बाँडफाँड पनि १० को गुणा’ङ्कमा नै हुन्छ ।

कुनै कम्पनीको त १ कित्ता पनि सेयर पर्दैन नि ?
हो, कम्पनीले थोरै कित्ता सेयर निष्कासन गरेको छ भने सेयर नपर्न सक्छ । सेयर बाँडफाँड न्युनतम १० कित्ता र १० को गुणा’ङ्कमा हुन्छ । आवेदकको संख्याको १० गुणा भन्दा कम सेयर निष्कासन भएको अवस्थामा सबै लगानीकर्तालाई सेयर बाँडफाँड गर्न नसकिने हुँदा गोलाप्रथा मार्फत सेयर बाँडफाँड हुन्छ र छनौट नहुने लगानीकर्ताले खाली हात हुनुपर्छ ।

सेयर परेन भने सेयर भरेको पैसा के हुन्छ ?
सेयर आवेदन दिँदा आवेदनमा उल्लेखित रकम बैंकले रोक्का राखेको हुन्छ । सेयर बाँडफाँड प’श्चात सेयर परेमा खाताबाट कति कित्ता सेयर परेको हो त्यो बराब’रको पैसा घट्छ । सेयर नपरेको रकम भने फु’क्का हुन्छ ।