Ultimate magazine theme for WordPress.

जिल्ला प्रहरी कार्यालय बागलुङले दश फ’रार प्रति’वा’दी एकै दिन प’क्रा’उ गर्यो

56

१४ असोज, बागलुङ । प्रहरीले विभिन्न मु’द्दा’मा दो’षी ठहर भई अदालतबाट स’जा’य तोकिएका १० फरार प्रति’वा’दीलाई मङ्गलबार प’क्रा’उ गरेको छ । फैसला कार्यान्वयनका लागि उनीहरुलाई हिजै जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पक्राउ पर्नेमा चोरी मु’द्दाका फ’रार ढोरपाटन नगरपालिकाका ३२ वर्षीय प्रकाश थापा छन्त्याल, ला’गु’औष’ध मुद्दा’मा निसीखोला गाउँपालिकाका दिलकुमारी घर्ती, सार्वजनिक अपराध मुद्दामा बोहोरागाउँका ३२ वर्षीय यामबहादुर घर्ती र सवारी ज्या’न मु’द्दा’मा दर्लिङका ३३ वर्षीय बलिराम गुरुङ रहेका छन् ।

यस्तै सवारी ज्या’न मु’द्दामा बागलुङ नगरपालिका–१३ का ४२ वर्षीय गणेश रिजाल, सार्वजनिक अप’रा’ध’मा वडा नं ७ का ३५ वर्षीय यामबहादुर क्षेत्री, काठेखोला गाउँपालिकाका २२ वर्षीय सुजन थापा, २५ वर्षीय सौरभ राना र चोरी मुद्दामा काठेखोलाकै १७ वर्षीय दुई जना प’क्रा’उ परेका हुन् ।

चोरी मुद्दामा प;क्रा;उ परेका प्रति;वा;दी ढोरपाटन नगरपालिकाका छन्त्याललाई अदालतले विसं २०६७ भदौ १३ गते दुई महिना सात दिन कैद फैसला गरेको थियो । सवारी ज्या;न मु;द्दाका फरार बानपा–१३ का रिजाललाई अदालतले विसं २०६६ असार ३१ गते चार महिना १७ दिनको कैद सुनाएको थियो । यस्तै ज्य;न मुद्दामा प;क्रा;उ परेका दर्लिङका ३३ वर्षीय गुरुङलाई भने विसं २०७६ पुस २२ गते रु दुई हजार जरिवानासहित जम्मा पाँच दिन कैद फैसला गरेको थियो । अन्य प्रति;वा;दी भने न्यूनतम रु ८०० देखि बढीमा सात हजार ५७५ सम्म जरि;वा;नाको स;जा;य पाएका छन् ।

अदालतले कैद÷जरि;वाना तोके पनि स;जाय भुक्तान नगरी घरमै लुकीछिपी बसेका प्रतिवादीलाई प;क्रा;उ गरिएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताउनुभयो । कैद सजाय तोकिएकालाई अदालतको आदेशले कारागार चलान गरिएको उहाँको भनाइ छ ।

“अदालतबाट फरार सूचीमा रहेका ४२५ जनालाई प’क्राउ गर्नू भनी पत्र आएको छ, हामीले खोजतलास तीव्र पारेका छौँ”, प्रनाउ रेग्मीले भन्नुभयो । पहिले धरौटीमा छुटे पनि अदालतले अन्तिम फैसला गरेपछि प्रति;वा;दीहरु सम्पर्कमा नआई लुकी;छिपी बस्ने गरेको उहाँले बताउनुभयो ।