रामेछापको दुर्गममा अवस्थित सरकारी स्कुलमा पढेको एकजना सामान्य किसानको छोरो अहिले नेपाली जनताको मनमुटुमा बास बस्न सफल भएको छ ।
देशलाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्र्याउने अभियन्ता कुलमान घिसिङ, विद्यालय पढ्दाको अनुभव यसरी स्मरण गर्छन्-
‘गाउँमा टुकी बालेर पढ्थेँ । राति अबेरसम्म टुकी छेउमा बसेर पढ्दा नाकमा कालो ध्वाँसो बसेको हुन्थ्यो ।’
अहिले देशलाई लोडसेडिङ मुक्त गराएर चर्चा कमाएमा कुलमान भन्छन्- ‘मैले काठमाडौं आएपछि नै हो, बिजुली देखेको ।’
विद्यालयमा सधैं प्रथम हुने कुलमानले जब काठमाडौंमा आएर बिजुली देखे, तब उनले कसम खाए- मेरो बेथान गाउँमा पनि यसैगरी बिजुली बाल्छु ।
अहिले उनले बेथानमा बिजुली बालिसकेका छन् । र, बेथानमात्रै हैन, देशैभरि उज्यालो बनाउने अभियन्ता बनेका छन् उनी ।
कुलमान घिसिङको दैनिकी पछिल्लो २ वर्ष नेपाल विद्युत प्राधिकरणमा हाजिर गर्ने र घर जाने मात्रै थियो ।
चिलिमेबाट केन्द्रमा तानिएपछि उनलाई प्राधिकरणले कुनै जिम्मेवारी नै दिएन । तर, जब उनी कार्यकारी निर्देशक बनेर आए, उनले आफूले के गर्न सक्छु भनेर देखाइसकेका छन् ।
कुलमानले थालेको लोडसेडिङ मुक्त अभियानले चौतर्फी प्रशंसा पाइरहेको छ । आखिर को हुन् त कुलमान ?
भिडियो हेरौं