Ultimate magazine theme for WordPress.

सञ्जय दत्त भन्दा २१ बर्ष कान्छी श्रीमती मान्यताका राेचक कुरा

308

भारतीय अभिनेता सञ्जय दत्तकी पत्नी मान्यता दत्तको जन्म सन् १९७८ जुलाई २२ मा भएको थियो । उनी मुस्लिम परिवारमा भएको थियो । पहिला मान्यताको नाम दिलनवाज शेख थियो ।

उनले बलिउडमा आएपछि सारा खान राखेकी थिइन् । फिल्म उद्योगमा यही नामबाट उनलाई पहिचान मिलेको थियो । प्रकाश झाको फिल्ममा आइटम नम्बरको काम गरेपछि उनले आफ्नो नाम मान्यता राखेकी थिइन् ।


मान्यता अहिले सञ्जय दत्त प्रोडक्शनकी सीईओ हुन् । अहिले उनी सञ्जय दत्तको सबै काम सम्हालिरहेकी छिन् । उनले गंगाजल फिल्ममा आइटम डान्स गरेकी थिइन् । मान्यताका पिता दुबईमा व्यवसायी थिए । उनको मृत्युपछि घर सम्हाल्ने जिम्मेवारी आएपछि उनले आफ्नो फिल्मी करियर छाडेकी थिइन् ।

मान्यताको एक तेस्रो दर्जाको फिल्मलाई सञ्जय दत्तले २० लाख भारुमा खरीद गरेका थिए । उक्त बैठकमा पहिलोपटक सञ्जय दत्त र मान्यताको भेट भएको थियो । मान्यता त्यसपछि बेलाबेलामा सञ्जय दत्तको घरमा गइरहने गर्थिन् । त्यतिबेला सञ्जय अर्की केटीसँग प्रेम सम्बन्धमा थिए । तर, पछि उनले मान्यतालाई साथ दिने निर्णय गरेका थिए ।

सन् २००८ मा उनले मान्यतासँग विवाह गरेका थिए । त्यतिबेला मान्यता २९ वर्षकी थिइन् । तर, सञ्जय दत्त ५० वर्षका थिए । दुवैको विवाहको लागि सञ्जयको परिवारले विरोध गरेका थिए । मान्यता सञ्जय दत्तकी छोरी त्रिशलाभन्दा केही वर्षमात्र जेठी थिइन् । सन् २०१० म मान्यताले जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् ।