Ultimate magazine theme for WordPress.

दशैँ-तिहारमा स्वदेश फर्किनेका लागि पोखरा–दिल्ली बस सेवा सञ्चालनमा आउने

184

कोरोना भाइरस महामारी न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीपछि बन्द रहेको पोखरा–नयाँदिल्ली बस सेवा यही असोज १५ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । पर्यटकीय शहर पोखराबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा सञ्चालन गर्दै आएको मोडर्न इरा टुर्स एण्ड ट्राभल्स प्रालिले सात महिनापछि पुनः सेवा शुरु गर्न लागिएको जनाएको छ ।

पोखरादेखि नेपाल भारतसीमासम्म सो प्रालिअन्तर्गतको बसले यात्रुलाई पु¥याउने, त्यहाँबाट दिल्ली नेपाल–भारत मैत्री सेवाअन्तर्गत उत्तर प्रदेश परिवहन निगमका बसले यात्रुलाई गन्तव्सम्म पु¥याउने र दिल्लीबाट समेत सोहीअनुसार सेवा सञ्चालनको व्यवस्था मिलाइएको प्रालिका अध्यक्षले बताए ।

“नेपाल सरकारले बोर्डर नखोल्दासम्म हाललाई सीमा नाका वारिपारि गाडी रोक्छौँ, पहिल्यै पूरै भाडा लिएर यात्रुलाई गन्तव्यमा पु¥याउने समझदारी परिवहन निगमसँग गरेका छौँ, बोर्डर खुलेपछि सञ्चालन गर्छौँ”

विगतमा नेपाल भारत मैत्री बस सेवाअन्तर्गतको एक र प्रालिअन्तर्गत एक गरी दैनिक दुई बस पोखरा–दिल्ली रुटमा सञ्चालन भए पनि हाललाई दैनिक एउटा बसले मात्र सेवा दिने उहाँले जानकारी दिनुभयो । पोखराको फिर्केबाट बिहान ११ बजे बस छुट्ने छ । अधिकारीले भन्नुभयो, “नेपाल सरकारले बोर्डर नखोल्दासम्म हाललाई सीमा नाका वारिपारि गाडी रोक्छौँ, पहिल्यै पूरै भाडा लिएर यात्रुलाई गन्तव्यमा पु¥याउने समझदारी परिवहन निगमसँग गरेका छौँ, बोर्डर खुलेपछि सञ्चालन गर्छौँ ।”

दशैँतिहारलगायत चाडपर्व नजिकिरहेको र पेशाव्यवसाय तथा रोजगारीका क्रममा भारतमा रहेका नेपालीलाई स्वदेश फर्किन असहज नहोस् भनेर सेवा शुरु गरिएको बताइन्छ । विगतमा पोखरा–दिल्लीको भाडा रु चार हजार रहेकामा हाललाई रु ५०० वृद्धि गरिएको र सरकारले लागू गरेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सेवा सञ्चालन गरिने प्रालिले जनाएको छ ।