Ultimate magazine theme for WordPress.

शुक्रबार सेतीको खोंचमा खसेर ज्यान गुमाएका युवकको पहिचान खुलेन, आफन्त वा चिनजानका कोही भए सम्पर्कमा आउन प्रहरीको आग्रह

224

पोखरा । शुक्रबार पोखराको ९ पृथ्वीचोकमा रहेको चाइनापुलबाट खसेर मृत्यु भएको युवकको अझै पहिचान खुलेको छैन ।

यसैबीच मृतक युवकको तस्बिर सार्वजनिक गर्दै कोही आफन्त वा चिनजानको व्यक्ति भएमा सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।

मृतक युवकलाई शुक्रबार बिहान करिब ९ बजेको समयमा स्थानीयले सेती नदीको खोंचमा घाइते अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उनलाई घाइते अवस्थामा उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगेको थियो । उपचार कै क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

युवकको पहिचान खुल्न नसकेपछि प्रहरीले आफन्त वा चिनजानका कोही भए सम्पर्कमा आउन आग्रह गरेको हो ।