Ultimate magazine theme for WordPress.

रातिसम्म निन्द्रा लागेन भने अपनाउनु यस्ता ११ उपाय

282

हाम्रो शरीर एउटा प्रक्रियामा चलेको हुन्छ। सूर्य उदाएपछि दिन शुरु भएजस्तै मानिसको शरीर पनि चल्न शुरु हुन्छ।

सूर्य अस्ताएसँगै शरीरले पनि आरम खोज्छ। दिनभरी चलायमान भएको शरीर रातमा आराम गरेर भोलिपल्ट फेरि सक्रिय हुन्छ, यसको लागि मानिस निदाउन जरुरी छ। भनिन्छ, एक स्वस्थ मानिसलाई ६ देखि ८ घण्टा निदाउनु पर्छ।

मानिसको निन्द्रालाई मोबाइलसँग दाजेर भन्ने हो भने, निदाउनु भनेको रिचार्ज गर्नु हो ।

शरीरको थकान हटाउन चाहिने आराम पर्याप्त निन्द्राले मात्र पुर्याउँछ । त्यसलै मानिस निदाउन आवश्यक हुन्छ । एक स्वस्थ मानिसलाई ६ देखि ८ घण्टा निदाउनु पर्दछ ।

आजकल मोबाइल, टेलिभिजन लगायतका सामाग्रीको प्रयोग र तनावका कारण अबेर रातिसम्म मानिसहरु निदाउदैनन् ।

यदि अबेर रातीसम्म निन्द्रा नलागेमा यी उपाय अपनाउनु पर्दछ ।

. सम्भव र अनुकुल महशुस भए आखाँ छोपेर सुत्नुहोस् ।
. मोबाइल, टेलिभिजन वा आवाज आउने यन्त्र अफ गरेर सुत्नुहोस् ।
. सुत्ने डसना धेरै मोटो वा बिझाउने गरी पातलो हुनु हुदैन ।

. विवाहिताहरुले सुत्नुअघि शारीरिक सम्बन्ध राखे निदाउन सघाउ पुर्याउँछ ।
. सुत्ने समयलाई निश्चित गर्नुहोस् साथै उठ्ने समय पनि एउटै पार्नुहोस् ।
. निन्द्रा पर्न खोजेन भने किताब पढ्ने, सुमधुर गीत, धुनहरु सुन्नु उपयुक्त हुन्छ ।

. अबेर रातिसम्म निन्द्रा नपर्ने समस्या भएमा सुत्ने कोठा एउटै पार्नुहोस् ।
. निदाउन प्रयोग गरिने कोठामा बस्ने, पढ्ने वा छलफल गर्न बन्द गर्नुहोस् ।
. रातमा सुत्नुअघि कोठाको वातावरण शान्त र अध्यारो पार्नुहोस् ।

. बेलुकीको खानामा चिल्लो, पिरो नखानुहोस् ।
. दिउँसोको खाजापछि कफी नखानुहोस् ।

अनिन्द्रा निराशाको रोग अर्थात डिप्रेसनसँग जोडिएको हुन्छ ।

त्यसैले अबेरसम्म निन्द्रा नलागेमा डिप्रेशनको रोगको सुरुवाती लक्षण हुनसक्छ ।

तसर्थ यसबारे चिकित्सकको परामर्श लिनुहोस् ।