Ultimate magazine theme for WordPress.

चाडपर्व लक्षित ‘कुरै कुरामा उपहार’ योजना ”एनसेल”

106

काठमाडौं । चाडपर्वको आगमनसँगै एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदा लिँदै आफ्ना साथीभाइ, परिवार तथा आफन्तसँग कुरा गर्दै दैनिक, साप्ता’हिक र ब’म्पर उपहार जित्न पनि सक्ने भएको छ ।

एनसेल आजियाटा लिमिटेडले दसैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाइस सेवाका ग्राहकका लागि आकर्षक योजना ‘कुरै कुरामा उपहार’ ल्याएको हो । योजनाअन्तर्गत एनसेलका सबै प्रि’पेड ग्रा’हकले अन नेट, अफ नेट वा अन्त’र्राष्टिय कल गरी तोकिएको नि’श्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।

प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यति नै धेरै उपहार जित्ने मौका पाउने बताइएको छ । यो आकर्षक योजना आइतबारदेखि लागू भई मंसिर १३ सम्म कायम रहनेछ ।

चाडपर्वको अवसरमा ल्याइएको यो योजनाबाट फाइदा लिन एनसेलका प्रिपेड ग्राहकले १७१०७ मा डायल गरी सजिलै निःशुल्क सहभागी हुन सक्ने बताइएको छ । यस योजनामा सहभागी हुनेबित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्न निश्चित मिनेटको लक्ष्य पाउनेछन् ।

तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्नेबित्तिकै ग्राहकले त्यही दिनको मध्यरातसम्मको समयसीमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउनेछन् र यस योजनाअन्तर्गतको उपहार जित्न योग्य हुनेछन् ।

यस आकर्षक योजनाको उपहारका रूपमा तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७ सय जना ग्राहकलाई २ सय बोनस ब्यालेन्स, सात जना ग्राहकलाई सामसुङ ग्यालेक्सी एम०१एस र बम्पर उपहारमा दुई जना ग्राहकलाई सामसुङ ग्यालेक्सी नोट २० रहेका छन् ।

एनसेल आजियाटा लिमिटेडका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले यस योजनाबारे भने, ‘हाम्रा गाहकलाई आफ्ना प्रियजनसँग सम्पर्कमा रही रहन ‘कुरै कुरामा उपहार’ योजना ल्याएका छौं । भ्वाइस टक टाइम र आकर्षक उपहारले चाडपर्वलाई थप रमाइलो बनाउनेमा हामी विश्वस्त छौं ।’

यस योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकमध्ये प्रत्येक प्रदेशबाट हरेक दिन १ सय जना भाग्यशाली ग्राहकलाई उपहार दिइनेछ । दैनिक उपहारअन्तर्गत ग्राहकले २ सय रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् ।

यसरी प्राप्त हुने बोनस ब्यालेन्स १५ दिन मान्य रहनेछ र सो बोनस ग्राहकले एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न तथा डाटा चलाउन प्रयोग सक्नेछन् ।

साप्ताहिक उपहारमा साताभरि धेरै कुरा गर्ने ग्राहकमध्ये सातै प्रदेशका एक÷एक जना गरी सात जना भाग्यशाली ग्राहक छनोट गरिनेछ । प्रत्येक भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सि एम ०१ एस ह्यान्डसेट उपहारस्वरूप प्राप्त गर्नेछन्