Ultimate magazine theme for WordPress.

सातामा २ दिन बिदा दिने प्रस्तावको स्वागत

132

पश्चिमाञ्चल होटल सङ्घ पोखराले सरकारले सातामा दुई दिन बिदा दिन गरेको प्रस्ताव स्वागत

योग्य भएको जनाउँदै यसलाई पारित गरी शीघ्र कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

सङ्घले विज्ञप्ति जारी गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव अत्यन्त व्यवहारिक र समय सान्दर्भिक रहेको उल्लेख गर्दै

यसलाई पारित गरेर कार्यान्वयमा ल्याउनुपर्नेमा जोड दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, “संस्कृ’ति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रा’लयबाट बिदा प्रस्तावलाई सर्व’सम्म’त पारित गर्न नेपाल सरकारसँग जोड’दार माग गर्दछौ ।”

विज्ञप्तिमा कोभिड–१९ बाट प्रभावित व्यवसायीलाई लक्षित गरी पर्यटन म’न्त्रा’लयबाट आएको प्र’स्ता’वले पर्यटन तथा होटल उद्योगमा व्याप्त सङ्कटलाई जोगाउन विशेष भूमिका रहने जनाउँदै हप्तामा दुई दिन सार्वजनिक बिदा घोषणा गर्न नेपाल सरकार समक्ष अपिल गरिएको छ ।