Ultimate magazine theme for WordPress.

प्रधानमन्त्रीले दिए राजिनामा

413

एजेन्सी । कुवेतका प्रधानमन्त्री सबाह अल खालिद अल सबाहले मंगलबार कुवेतका अमिर नवाफ अल अहमद अल जाबेर समक्ष राजीनामा बुझाएका छन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको कुवेती सरकारले राजिनामा दिएको हो ।

आउदो नोभेम्बरमा आम चुनाव हुन लागेकाले वर्तमान सरकारले राजिनामा दिएको राज्य नियन्त्रित समाचार संस्था कुवेत न्यूज एजेन्सीले जनाएको छ ।

कुवेती अमिरले प्रधानमन्त्री र उनको सरकारले आफ्ना दायित्व अत्यन्त प्रभावकारी रुपमा सम्पन्न गरेको जना’उँदै संविधान बमोजिम आ’गामी निर्वाचन गराउने दायित्व पनि यही सरकारले पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।

कुवेतमा आउदो नोभेम्बर महिनाको अ;न्त्यमा आम निर्वाचन हुँदैछ ।