काठमाडौं ।
समाजमा अझै पनि शास्त्रीय मान्यतालाई सत्य मान्ने गरिन्छ ।
शास्त्रमा मानवीय जीवनका विभिन्न पक्षबारे वर्णन गरेको पाइन्छ ।
समुद्र शास्त्रमा शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि व्यक्तिको भाग्य,
गुण र जीवनका विभिन्न पक्षबारे थाहा पाउन सकिने कुराको वर्णन गरिएको पाइन्छ ।
यसैको आधारमा कुनै व्यक्तिको भविष्य बारे थाहा पाउन सकिने धार्मिक मान्यता रहेको छ ।
शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा हुने यस्ता गुण बताएका छन् जुन गुण हुने व्यक्ति सौभाग्यशाली,
भाग्यमानी र राम्रो फल प्राप्त गर्छन् ।
उक्त पुराणमा भाग्यमानी कन्यामा हुने गुणबारे उल्लेख गएिको छ ।
उक्त गुण भएका युवतीसँग विवाह गर्ने पुरुष पनि धेरै भाग्यमानी हुने कुराको उल्लेख गरिएको पाइन्छ ।
आउँनुहोस् जानौं यस्ता गुण भएका महिलाहरुका बारेमा
अनुहार उज्यालो , गोरो र चिल्लो भएका युवतीहरु धेरै भाग्यमानी हुने विश्वास गरिन्छ ।
आँखाका आँखीभौं जोडिएका युवतीलाई विश्वास गर्न नसकिने भनाई रहेको छ ।
यदि आँखामा रहेका आँखीभौँहरु धनुष जस्तै झुकेका भएमा त्यता युवतीहरुलाई धेरै भाग्यमानी रहेको ठानिन्छ ।
कुनै पनि युवतीको अनुहार आफ्नो बुबासंग मिल्न जान्छ भने त्यस्तो अनुहार भएकी युवतीहरु भाग्यमानी हुन्छन् ।
उनीहरुले जीवनमा सुख पाउने र उनीहरुले चाहेका हरेक सपना पुरा हुन्छन् ।
कालो लामो कपाल भएका र शिरको आगाडितिर झुकेको कपाल हुने युवती भाग्यमानी हुन्छन् ।
हेर्दा आर्कषक चिल्लो, नरम कपाल भएका कन्यालाई अरु भन्दा उत्तम् मानिन्छन् ।
जुन युवतीको निधार ठुलो र शिरको अगाडीको भाग उठेको हुन्छ त्यस्ता युवती धनी र भाग्यमानी हुन्छन् ।
जुन युवतीको सिन्दुर लगाउने भाग सिधा र उठेको हुन्छ त्यस्ता युवतीहरुलाई पनि भाग्यमानी मानिन्छ