लकडाउन हुने हल्लाका बीच मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो नर्णय, उपत्यकाबासीलाई यस्तो सन्देश !
यो पनि पढ्नुहोस : दान कस्लाई दिने? हामीले दिएको सम्पतिको सहि उपयोग होस; यो सम्पती ले कसैको उद्दार गरोस भन्ने हेतुले, सम्पतिको सहि उपयोग हुने ठाउमा दान गर्नु पर्छ।
एकदिन मैले एक दिन एक मान्छेले मागिरहेको देखे र उसलाई केहि पैशा दिए। मैले जानिजानी गाँजा किन्ने मान्छेलाई गाँजा किन्न दिएको भए, दानको परिणाम राम्रो अबस्य हुने थिएन होला।
किन? किनकी भोजन किन्न दान दिने मन करुणा ले भरिएको हुन्छ भने गाँजा किन्न दान दिने मनमा करुणा हुन सक्दैन। त्यतिमात्र हैन दान कसलाई दियो भन्ने कुरा पनि महत्ब पुर्ण हुन्छ? एक गुणीलाई दान दिनु र अबगुणीलाई दान दिनुमा पनि फरक हुन्छ। किन? किनकी गुणीलाई दान दिदा मन गुणप्रति श्रद्दावान हुन्छ, गुणलाई महत्तो दिएर दान गर्छ, त्यसतो मन सकारात्मक हो।
अबगुणीलाई दान दिने मन अबगुणप्रति श्रद्दावान हुन्छ, अबगुणलाई प्राथमीकता दिन्छ, त्यसतो मन नकारात्मक मन हो। अत: आफ्नो सम्पति दिदैमा दानले दशा सपार्दैन। त्यसमा मनको ठुलो संलग्नता हुन आबस्यक छ; त्यसलाई ज्ञान भनिन्छ जुन माथी उल्लेखित चौथो गुण हो।
समय समयमा प्राकृतिक प्रकोपहरूले लाखौ करोडौ मान्छेहरुलाई प्रभाबित गरिरहेका हुन्छन। हजारौ लाखौले आफ्ना प्रियजनहरू गुमाउछन। धेरै दुखदायी हुन्छ आफ्नो प्रिय ब्याक्तिलाई सधैको लागी गुमाउनु।
हजारौ लाखौले आफ्नो सर्वश्ब गुमाउछन। यस्ता पिडितहरुको दुखलाई आत्मसात गरेर, उनिहरुलाई दुखको सागरबाट निकाल्न मदत गर्न पाय हुन्थ्यो भन्ने कुरा सोच्ने मन निकै सकारात्मक मन हो। त्यसतो दानमा लोभको स्थान हुदैन।