Ultimate magazine theme for WordPress.

पोखरामा बिहानै थपिए यति धेरै कोरोना संक्रमित

गण्डकीमा एकैपटक ९७ संक्रमित थपिए

219

गण्डकी प्रदेशमा बिहीबार बिहान थप ९७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बिहीबार बिहान कास्कीको पोखरा महानगरका ३०, लमजुङका ३ जना, नवलपुरका ६ जना, गोरखाका ७ जना र बागलुङ ५१ जना गरी थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा पोखराको चरक मेमोरियल अस्पतालमा नमुना संकलन गरिएका १ पुरुष र ५ महिला, गण्डकी मेडिकल कलेजमा नमुना संकलन गरिएकी १ महिला, पोखरा ४ का १ पुरुष, ७ का १ पुरुष, ८ का ४ पुरुष र २ महिला, ९ का ६ पुरुष, १० का २ पुरुष, ११ की १ महिला, १२ का १ पुरुष र १ महिला, १४ का १ पुरुष, १५ का १ पुरुष, १६ का २ पुरुष , १७ का २ पुरुष र १ महिला, २६ की १ महिला तथा २७ का १ पुरुष रहेका छन् ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार २ सय ८४ पुगेको छ । बुधबार थप २१ जना डिस्चार्ज भएसँगै प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ४ सय ७० पुगेको छ ।