Ultimate magazine theme for WordPress.

मन्त्री काठमाडौको जुवाखालबाट प’क्राउ

146

काठमाडौँ । पूर्वराज्यमन्त्री खोभारी राय यादव जुवाखालबाट प’क्राउ परेका छन् ।

पूर्वमन्त्री यादवलाई महानगरीय प्र’हरी वृत्त, स्वयम्भुले शनिबार प’क्राउ गरेको प्र’हरी स्रो’तले जनाएको छ ।

 

स्वयम्भुस्थित साँइली तामाङको घरबाट जुवा खेलिरहेको अवस्थामा यादवसहित १० जना प’क्राउ परेका हुन् ।

उनीहरुको साथबाट १ लाख ५३ हजार नगद समेत प्र’हरीले बरा’मद गरेको छ ।

 

प’क्राउ पर्नेमा विक्रम लामा, देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, जीतपुर लामा, पर्वत भण्डारी, कान्छा तामाङ र सबिन लामा पनि रहेका छन् ।

यसअघि, मन्त्री नियुक्त भएपछि घरको छतबाट हतियार चलाएकोमा यादव विवादमा आएका थिए ।

 

शेरबहादुर देउवा, लोकेन्द्र बहादुरा चन्द र डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा यादव राज्यमन्त्री भएका थिए ।