Ultimate magazine theme for WordPress.

इण्डियन सेनापतिलाई कालो झण्डा किन देखाउने?

156

हाम्रो मातृभूमि नेपालको छातीमा बुट बजार्ने इण्डियन थल सेनाको सेनापति जसले नेपाल,

नेपाली र हाम्रो गौरवशाली सेनाको विरुद्धमा समेत विषवमन गरेको थियो, राष्ट्रपतिको नीति तथा कार्यक्रमको विरोध गरेको थियो

त्यस्तो शैतानी सेनापति मनोज मुकुन्द रणवाणेलाई हामी नेपाली र हाम्रा वीर गोर्खा सिपाहीले सम्मान दिनु त्यो पनि राष्ट्रपतिकै हातबाट, अनि हाम्रा वीर गोर्खाली सैनिक जवानले सलामी दिनु भनेको आप्नै आमाको बलात्कारीलाई सलाम ठोक्नु जस्तै लज्जाको कुरा हो ।

नेपालको सार्वभौमसत्ता र नेपालीको स्वाभिमानको धज्जी उडाउन आएको यस इण्डियन सेनापतिको विरोध जमेर गरौं ।

आजदेखि ऊ नगएसम्म इण्डियन सेनापतिको विरोधमा सामाजिक सन्जालका वालहरु र आप्ना घरको धुरीमा कालो झण्डा देखाउँ ।

मनोज मुकुन्द रनवाणे आउने दिन इय’र’पोर्ट र राजधानीका सडक, गल्ली र घरघरबाट कालो झण्डा प्रदर्शन गरौं ।

यसरी नेपाल विरोधी श’त्रु राष्ट्रका सेनापतिलाई नेपाली सेनाको मानर्थ सेनापति दिने जस्तो कुप्रथा खारेज गराउनका लागि डटेर वि’रोध गरौं ।

साथीहरुहो अब पनि हामी नेपाली जुटेनौं भने कि सिद्धिन्छौं कि दास बन्छौं ।

हामी नेपाललाई इण्डियाको दास बन्न दिँदैनौं ।