१७ कात्तिक, काठमाडौं ।
महानगरीय प्रहरी वृत्त कालीमाटी काठमाडौंको डीएसपी हुँ भन्दै फोनमार्फत सर्वसाधरणलाई ध’म्की दिने एक व्यक्ति प’क्रा’उ परेका छन् ।
प’क्रा’उ पर्नेमा सर्लाही रामनगर गाउँपालिका–६ घर भएका बब्लु झा रहेका छन् ।
काठमाडौं महानगरपालिका–१० स्थित बानेश्वरमा बस्दै आएका ४१ वर्षीय चन्दु झाले दिएको उजुरीको आधारमा बब्लुलाई आइतबार प’क्रा’उ गरिएको प्र’हरी उपरीक्षक सोमेन्द्रसिँह राठौरले जानकारी दिए ।
चन्दुलाई बब्लुले आफू महानगरीय प्र’हरी वृत्त कालीमाटी काठमाडौंको डीएसपी बोलेको भन्दै बब्लु झा नाम गरेको व्यक्तिसँग के ल’फ’डा हो, तुरुन्त कालीमाटी वृत्तमा आउनु, नआए कारबाही अगाडि बढाउँछु भनेर ध’म्की दिने गरेको राठौरको भनाइ छ ।
महानगरीय प्र’हरी वृत्त कालीमाटीको निय’न्त्रणमा रहेका ब’ब्लु झा’माथि आवश्यक अनुस’न्धान भइरहेको प्र’हरीले जनाएको छ ।