Ultimate magazine theme for WordPress.

यसरी गर्नेछ खेती भविष्यमा रोबोटले

122

खेती किसानी प्राचीन पेशा हो । विज्ञानले गरेको प्रगतिले खेती किसानीमा पनि धेरै परिर्वतन गरिदिएको छ ।

अटोमेटिक र सेमी अटोमेटिक मेशिनले पुराना गोरु गाढाको काम विस्थापित गरिदिएको छ ।

 

विकसित केही देशहरुका किसानहरुले रोबोट र ड्रोनको प्रयोग गरेर आधुनिक तरिकाले खेती गर्दै आएका छन् ।

फोब्सका अनुसार ब्रिटेनका करीब ६० प्रतिशत किसानले सेन्सर वा सेटेलाइट जस्ता अति उन्नत प्रविधिको प्रयोग गरिरहेका छन् ।

यसबाट पनि भविष्यको खेतीको झलक देख्न सकिन्छ ।  

आउनुहोस् भविष्यमा गरिने खेतीको तरीकाहरु बारे चर्चा गरौ ।

 

ड्रोनको प्रयोगले खेतीमा औषधि हाल्ने
ढोका भित्र खेती
रोबोटबाट औषधि छर्ने–रोबोट ववा ड्रोनबाट ठुला ठुला फार्म हाउसमा उर्वर र आधुनिक तरीकाले औषधि छर्ने गरेका छन्, जुन स्मार्ट फोनबाट नियन्त्रित हुन्छ ।
सेन्सरको मद्दतले कुनै पनि बोटबिरुवामा कहिले, कति पानीको आवश्यकता किसानले घरमा बसेर जानकारी लिन सक्छ ।
ड्राइवलेस ट्रयाक्टरको सहयोगले फार्म हाउसमा बहु काम गर्न सकिन्छ । जसलाई स्मार्टफोन वा ल्यापटपले टाढाबाट पनि नियन्त्रण गर्न सक्छन् ।
वर्टिकल फार्मिङ– २०५० सम्म ८० प्रतिशत जग्गा मानिसका घना वस्तीले भरिनेछन र खेती गर्ने जग्गा अपर्याप्त हुनेहँदा घरको छतमा मात्र खेती गर्ने ठाउँ विकल्पको रुपमा हुनेछ ।

एजेन्सी