Ultimate magazine theme for WordPress.

हुण्डीको एक करोड रुपैयाँसहित ३ जना काठमाडौँबाट प’क्रा’उ

178

काठमाडौँ ।

हुण्डी कारोबार गर्ने तीन जनालाई प्रहरीले काठमाडौंको ओमबहालबाट प’क्रा’उ गरेको छ ।

केन्द्रिय अनुसन्धान ब्यूरोले हुण्डी कारोबारमा गर्ने झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई प’क्रा’उ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट अवैध रुपमा हुण्डी मार्फत कारोबार गरेको १ करोड रुपैयाँ बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले बताए ।

हुण्डी कारोरबारीमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ ।