Ultimate magazine theme for WordPress.

हामी कहिलेसम्म भर पर्नु, मैनबत्तीको ?

264

आजभोलि सुनकोशी गाँऊपालिका वडा नं ९ कटुञ्जे ओखलढुंगाका 80% घरहरूमा मैनबत्तीको भरमा रात बिताइरहेका छन भने १० न वडाका पनि धेरजसो घरहरू अन्धकार छन् ।

उज्यालो गाउँपालिका निर्माण गर्ने गाउँपालिका अध्यक्षकाे सपना सायद यही होला की !
करिब 1/2 किलोमिटर तलतिर मोलुङ्ग हाइड्रोको बत्ती आएको 2 वर्ष हुन लाग्यो ।

आजका दिनसम्म गाउँकै ठाडो खोलाबाट उत्पादित बत्ती ज्युँ त्यू गरेर चलाइरहे पनि न मोबाइल चार्ज गर्ने पावर आउँछ न केही विद्युतीय यन्त्र चलाउन मिल्छ । त्यही पनि कुन बेला बिग्रने हो थाहा हुन्न ।

हप्ता हप्तामा सामान फेर्नु पर्छ । पोहोर दशैंमा 9 न वडामा झलमल्ल बत्ती बाल्ने निर्णय भएपनि आजसम्म सफल भएको छैन ।

आज पनि हामी मोबाइल, टर्च चार्ज गर्न बत्ती कहा छ भनेर झोलामा सामान हालेर अर्को वडा धाइरहेका छौं ।

भन्दा विश्वास नलाग्ला, तर यो घटना यथार्थ हो ।

Laxman Giri