Ultimate magazine theme for WordPress.

प’क्राउ पर्नु अघी यस्तो भनेका थिए राम्चन्द्र पौडेलले: आफ्नै दादा’गिरिले परे प’क्राउ

245

तनहुँको व्यास नगरपालिकाको बुल्दी खोलामा बनेको पुल उद्घाटनका लागि जाने क्रममा बुधबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प’क्राउ परेका छन् ।

पुलको उद्घाटन कसले गर्ने भन्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र विप’क्षी कांग्रे’सबीच विवाद भएपछि झडपको सम्भावना देखिएको भन्दै बुधबार स्थानीय प्रशासनले पुल क्षेत्रमा निषे’धाज्ञा जारी गरेको थियो ।

तर नेता पौडेल जुलु’ससहित पुल उद्घाटनका लागि पुगेपछि बुधबार दिउँसो प्र’हरीले प’क्राउ गरेको हो ।

जुलसको नेतृत्व गर्नुअघि कार्यकर्तालाई सम्बोधन गरेका पौडेलले उत्तेजक अभिव्यक्ति दिएका थिए ।

उपभोक्ता समितिले सर्वसम्मतिले निर्णय गरेर आफूलाई पुलको उद्घाटन गर्न बोलाएको र, त्यसअनुसार आफू आएको उनले बताए । ‘यो पुल बनाउँदा हाम्रै रगत पसिना गएको छ ।

हामीले आफ्नो मेहनतले बनाएका पुलहरु हुन्’ उनले भने, ‘अहिले कम्युनिस्टको सरकार आएर हामीले बनाएको पुलको उद्घाटन गरेर हामीलाई नै गाली गर्ने मञ्च बनाउन खोज्दैछन् ।’

उनले अघि भने, ‘मैले उनीहरुलाई चुनौती दिएको छु, उ त्यहाँमाथि पुल बनाओस् उद्घाटन गरोस् ।’ पौडेलले पुल उद्घाटनको कार्यक्रम रोक्न निषेधाज्ञा जारी गरेको भन्दै स्थानीय प्रशासनको चर्को आलोचना गरे ।

‘केही मान्छेलाई मोटरसाइलकमा दौडाएर असहज परिस्थिति भयो भन्दै यो प्रशासनले पुल उद्घाटनमा निशेषज्ञा जारी गरेको भन्दै कांग्रेस नेता पौडेलले भने, ‘पुल उद्घाटन गर्दा कसरी शान्ति सुरक्षा भंग हुन्छ ? कुन जनतालाई नोक्सान हुन्छ ?’

संविधान उल्लंघन गर्ने अधिकार सीडीओलाई मात्र होइन, (प्रधानमन्त्री) केपी ओलीलाई पनि नभएको भन्दै उनले निषे’धाज्ञा खारेज गरेको घोषणा गरे ।

नेता पौडेलले भने, ‘यो सीडीओ कुन हो ? त्यसलाई समातेर छाड्छौं ।’ निषेधाज्ञा फिर्ता गर । भ्र’ष्ट सरकार मुर्दावाद भन्नुस् भन्ने नारा लगाउन कार्यकर्तालाई निर्देशन दिँदै उनले अघि भने, ‘प्रशासन हट, हामी पुल उद्घाटन गर्छौं ।’

अनलाईन खबर बाट