Ultimate magazine theme for WordPress.

यस कारण बन्द हुदै सिधा कुरा जनतासँग कार्यक्रम

174

लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने प्रस्तोता रहेको न्यूज ट्वान्टी फरबाट सातामा ३ दिन प्रशारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रम बन्द हुने भएको छ । प्रस्तोता रवि लामिछानेले टेलिभिजन नै छाड्ने निधो गरेपछि सो कार्यक्रम बन्द हुन लागेको हो ।

टेलिभिजन निकट स्रोतबाट अनलाइनमार्ग डटकमलाई प्राप्त जानकारी अनुसार सो कार्यक्रम पौँष महिना देखि बन्द हुने भएको छ । जनताको चासो, गुनासो र प्रश्न स्लोगन दिईएको उक्त कार्यक्रम बन्द हुने भएपछि सर्वसाधारण जनतामा निराश्यता छाउने निश्चित छ । भ्रष्टाचार, अपराध र समाजमा भएका विकृति विसङ्गतीको निगरानी र पर्दाफास गरेर चर्चित बनेको र जनताको मनमनमा बस्न सफल कार्यक्रम बन्द हुने भएपछि दलाल, भ्रष्टहरु भने खुसी हुनेछन् ।

सञ्चारकर्मी लामिछानेले टेलिभिजननै छाडेर के गर्न लागे भन्ने उत्सुकता जागेको छ । अनलाइनमार्गलाई प्राप्त जानकारी अनुसार उनी पत्नी निकिताको व्यापारमा सहयोग गर्नेछन् । तर केहीले भने टेलिभिजन नै छाडेर रविले राजनीतिमा प्रवेश गर्ने आकलन गरेका छन् ।

नेपाली टेलिभिजन ईतिहासकै सर्वाधिक लाकप्रिय कार्यक्रम बन्न सफल सिधाकुरा जनतासँग कार्यक्रमबाट सञ्चारकर्मी लामिछाने सर्वसाधारणमाझँ निकै लोकप्रिय छन् । जे गरेपनि अबको यात्रामा हाम्रोतर्फबाट पनि रविलाई शुभकामना ।।

Online marga बाट साभार गरीएको

https://onlinemarg.com/news-details/3021/2020-12-02