Ultimate magazine theme for WordPress.

पूर्वमन्त्री बस्नेत ‘ महाधिवेशनमा नजाने हो भने प्रचण्डसँगै धेरैको राजनीति धरापमा पर्छः

207

१८ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले महाधिवेशनमा नजाने हो भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित धेरैको राजनीति धरापमा पर्ने दाबी गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा एउटा टिप्पणी सार्वजनिक गर्दै पूर्वमन्त्री बस्नेतले नेकपामा अहिलेको विवाद हल गर्ने एउटैमात्र विकल्प महाधिवेशन रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ ‘एमाले र माओबादी एकता पछी बनेको नेकपाको सहकार्य र सहमतिको कार्यदिशा तोकेको चैत्र (२५ -३०)मा महाधिवेशन गरेर पार्टीलाई बचाउने र सबैको नेता बन्ने कि ४ महिना अघि नै पाकेको धानमा असिना बर्षायर एकता भंग गर्दै बिखण्डन र बिध्वंसको पात्र बन्ने कम्रेड प्रचण्डको हातमा निर्णय छ।

दोर्श्रो बाटो रोजेमा प्रचण्ड कमरेड संगै धेरैको राजनीति धरापमा पर्ने छ। मुलुक र कम्युनिष्ट आन्दोलनलाइ पुन यो ठाउँमा ल्याउन धेरै रगत र पसिना बगाउन पर्दछ। नयाँ पुस्ता राम्रो अबस्थाको लागि व्यापक प्रयास गर्दछ। नराम्रो अवस्था आएमा पनि सामना गर्न तयार छ।’