काठमाडौ । यस बर्षको मिस नेपाल वर्ल्डको उपाधी नम्रता श्रेष्ठले जितेकी छिन् । बुढानिलकण्ठ मा रहेको होटल पार्क भिलेजमा भएको कार्यक्रममा अन्तिम प्रतिस्पर्धामा रहेका २० जना प्रतिस्पर्धीलाई पछि पार्दे पेशाले किनरगार्डेन रहेकी नम्रता श्रेष्ठ मिस वल्र्डको ताज पहिरिएकी हुन् ।
कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ भनेर सोधिएको प्रश्नमा नम्रताले दिएको जबाफले उनले ताज पहिरिएकी हुन् ।
अन्तिम चरणमा रहेका ६ जना प्रतिस्पर्धाहरु मध्ये मिस नेपाल सुपर नेसनलको उपाधि सिमल कनौजिया र ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठ र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले जितिन् ।