चर्चित हाँस्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन्। एक टेलिभिजन कार्यक्रममार्फत गजुरेलले आफूले बिहे गर्न लागेको कुरा सार्वजनिक गरेका हुन्।
कलाकार गजुरेलले भनेका छन, ‘चाँडै नै तपाईंहरुको शुभकामना, सुझाव, सल्लाह अनुसार मैले मेरो जीवनमा कोही साथी जोड्दै छु। हामी जोडिदै छौं।’
दोस्रो विवाह गर्न लागेको बताएपनि को सँग बिहे गर्न लागेको भन्नेबारे उनले नाम भने खुलाएनन्। एपिवान टेलिभिजनको कार्यक्रम ‘तमसो मा ज्योतिर्गमय’मा गजुरेलले आफ्नो दोस्रो विवाहको प्रसंग सुनाएका हुन।
हास्य कलाकार गजुरेल र मीना ढकालले ३ बर्ष अघि सहमतिमै सम्बन्ध विच्छेद गरेका थिए।
श्रीमती ढकालको इच्छाअनुसार नै गजुरेल डिभोर्स गर्न सहमत भएका थिए। २२ वर्ष लामो बैवाहिक जीवनको अन्त्य गर्दै कलाकार गजुरेल र फेसन डिजाइनर रहेकी ढकाल हाल अलग अलग बस्दै आएका छन्।
उनीहरुका २३ वर्षका एक छोरा र १६ वर्षकी छोरी छन्। अहिले मीना आफ्नी छोरीसँग बस्छिन् भने मनोज छोरासँग छन्।