Ultimate magazine theme for WordPress.

आफू राजिनामा दिएर सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने ओलीको ‘रोडम्याप’

119

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अहिले पार्टीभित्रैबाट चेपुवामा परेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी तथा संसदीय दलमा पनि बहुमतमा भएको कारण उनको एजेन्डा पास हुने सम्भावना बढी भएको कारण ओली प्रधानमन्त्री छोड्नै परे आफू निकटका नेताहरुलाई सुम्पने गरि छोड्ने योजनामा रहेको स्रोतको भनाई छ ।

पार्टी फुटाउन सहयोग पुग्नेगरि अध्यादेश जारी गर्न पनि राष्ट्रपति विद्यादेवी भण्डारीले सहयोग नगर्ने अवस्था आएपछि ओलीले दोस्रो पुस्ताका नेताहरुलाई पार्टीको जिम्मेवारी दिनुपर्ने बताउँदै आएका छन् ।

सोही अनुसार संसदिय दलका नेता सुवास नेम्वाङलाई प्रधानमन्त्री दिनुपर्ने प्रस्ताव ओलीले गर्नसक्ने आंकलन नेकपाभित्र हुन थालेको छ । ओली-प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि चेपुवामा पार्नको लागि नेम्वाङलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गर्नसक्ने आकंलन गर्न थालिएको छ ।

ओलीले आफू राजिनामा दिएर आफू निकटकै दोस्रो तहका नेतालाई प्रधानमन्त्रीको जिम्मेवारी सुम्पने प्रयास गरेको नेकपा स्रोतले जनाएको छ । सुवास नेम्वाङले पनि आफूलाई प्रधानमन्त्री वा राष्ट्रपतिको अफर आएपछि नहट्ने प्रतिक्रिया दिइसकेका छन् ।