Ultimate magazine theme for WordPress.

तस्विरमा हेर्नुहोस् नायिका सुरविना कार्कीका ‘हट एण्ड बोल्ड’ लुक्स

280

नायिका सुरविना कार्की आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा सक्रिय छिन् ।फिल्मका अलावा सुरविना सामाजिक सञ्जालमा अपलोड गर्ने बोल्ड तस्वीरका कारण पनि चर्चामा रहन्छिन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूलाई प्रायः बोल्ड अवतारमा पस्केकी हुन्छिन् ।

नायिका सुरविना कार्की अहिले मुम्बइमा छिन् । मुम्बइमा रहेर संघर्षरत यी सुन्दरीले नेपाली चलचित्रमा काम नगरेको पनि लामै समय भैसकेको छ । उनले, चलचित्र ‘लप्पन छप्पन २’ साइन गरेकी थिइन् ।,,, भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,चलचित्रको छायांकनका लागि उनी यूरोप पनि पुगिन् । तर, यसको निर्माणपक्षले यूरोपमा चलचित्र खिच्न सकेन । यसपछि, भने सुरविनाले चलचित्रबाट हात झिकिन् ।

 

सुरविना कार्कीलाई नेपाली चलचित्र क्षेत्र फापेन । उनको अभिनयलाई दर्शकले उनका चलचित्रमा पत्याएनन् ।त्यसपछि, अभिनयमै केही गर्ने सोचले मुम्बई हानिएकी यी सुन्दरीको तस्वीरले भने सामाजिक सञ्जाल तताइरहेका हुन्छन् ।

हालै सुरविनाले एक एक्सन मुडको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । सुरविनाले तस्वीर पोष्ट गर्दै बलियो हुन चाहनुहुन्छ भने एक्लै एक्सन सिक्नुहोस् भन्ने सुझाव दिएकी छिन् ।सुरविनाले अभिनयका विभिन्न पाटो जस्तै एक्सनमा पनि जोडतोड लगाएको हुनुपर्छ ।

तर, उनलाई मुम्बईमा तीन महिना अभिनय पढेर आएपछि पनि नेपाली चलचित्र मेकरले पत्याउन सकेका छैनन् ।यसैले, उनको एक्सनलाई भने दर्शकले पर्दामा कहिले हेर्न पाउने हुन् भन्ने कुराको कुनै टुंगो छैन । तर, उनले आफ्नो जोशलाई मर्न दिएकी छैनन् ।

मुम्बइको एक अपार्टमेन्टमा बस्दै आएकी कार्कीले चाडै नै नेपाली चलचित्रमा पनि काम गर्ने जानकारी दिइन् ।उनी, अहिले दैनिकजसो फोटोसुटमा पनि व्यस्त हुन्छिन् । सुरविना भन्छिन्–‘फोटोसुट म कहिले आफ्नै लागि गर्छु त कहिलेकाही फोटोग्राफरको आग्रहमा पनि गर्छु ।’ फोटोसुटबाट पनि राम्रै कमाई हुने सुरविनाले बताइन्