काठमाडौँ – बरिष्ठ पत्रकार तथा चर्चित अधिवक्ता स्वागत नेपालले राजा ल्याउने होइन कुलमान जस्ता क्षमतावान व्यक्तिहरु ल्याउनु पर्ने बताएका छन्।
एक मिडिया सँगको अन्तर्वातामा नेपालले कुलमान घिसिङ्ग, महावीर पुन, सन्दुक रुइत, गोबिन्द केसी जस्ता मान्छेहरुले यो देश चलाउनु पर्ने बताएका छन्।
राजतन्त्रका विरुद्ध लेख्दा आफुलाई आखामा पट्टि बाँधेर राखिएको स्मरण गर्दै, निरंकुस राजतन्त्रमा भन्दा अहिलेको लोकतन्त्रमा ,
सडकमा शान्तिपूर्ण आन्दोलन गर्न प्रतिवन्द नभएकाले राजावादीहरुले आन्दोलन गरिरहेको बताएका छन्।
साथै अहिले सडकमा राजतन्तको माग गर्दै निस्किएको जुलुस विकृत संसदीय व्यवस्था र अहिलेको सरकार प्रतिको वितृष्णाको परिणाम भएको पनि उनले तर्क गरेका छन्।
अहिले राजा फर्काउनु भन्दा कुलमानलाई कार्यकारी बनाउन उपयुक्त हुने।
भन्दै कुलमान जस्ता क्षमतावान र सारा जनताले रुचाएको
मान्छेलाई मुलुक चलाउन दिनु पर्ने तर्क गरेका छन्।
जनताले रुचाएको मान्छेलाई मुलुक चलाउन दिनु उन्नत लोकतन्त्र भएको नेपालले बताएका छन्।
अन्तर्वार्ताका क्रममा उनले ‘के एउटा जनजातिको छोरा यो देशको राष्ट्र प्रमुख हुने दिन कहिले न आउने ?
’ भनेर पनि प्रश्न गरेका छन्। साथै उनले राजतन्त्र हटाउने पनि विदेशी र
अहिले राजतन्त्र ल्याउन खोज्ने पनि विदेशी शक्ति नै रहेको बताएका छन्।